नेपालीहरूको महान पर्व बडादसैँको टीका र जमरा मान्यजनको हातबाट लगाइन्छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म नवदुर्गाको प्रसादका रुपमा टीका र समृद्धिको प्रतीक जमरा लगाएर आशीर्वाद लिने दिने चलन रहेको छ ।
विजयादशमीमा टीका लगाउन नभ्याएका र टाढा रहेका आफन्त तथा मान्यजन कहाँ आज पनि टीका लगाउन जाने र आशीर्वाद लिने गरिन्छ । टिका ग्रहण गर्दैगर्दा मान्यजनहरूले जमरा पनि लगाई दिन्छन् ।
सामान्यतया टिका निधारमा लगाइन्छ भने जमरा शिरमा, कानमाथि लगाइन्छ । तर, यसपालिको दसैँमा एक चर्चित गायिकालाई भने संवेदनशिल अंगविच जमरा टाँसेको तस्बिर सार्वजनिक गरेकी छन् ।
ती गायिकाको उक्त हर्कतलाई धेरैले ‘संस्कृतिमाथि विकृति’ भनेर आलोचना गरेका छन् । ठुलाबडाले लगाइदिने जमरा उनको संवेदनशिल अंगमा कसले लगाइदियो? धेरैले जिज्ञासा राखेका छन् ।
गायिका तथा मोडल लक्ष्मी आचार्यको दशैँको जमरा लगाएको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । उनले दशैको अबसरमा जमरा लगाएको फोटो सुट गराएकी थिइन् । आचार्यले फोटो समाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेपछि समाजिक सकारात्मक भन्दा नकरात्मक टिप्पणी बढी भएका छन् ।
आचार्यले यसपालि आफ्नो दसैंको टिका नभएको कारणले ठुलावडाबाट आशिर्वाद थाप्न नसकेको प्रतिक्रिया दिएकी छन् । ठुलावडाबाट शिरमा जमरा थाप्न नमिल्ने अवस्था भएकै कारण आफूले दसैँको झल्को मेटाउन छातीमा जमरा लगाएको आचार्यको तर्क छ ।
‘प्रसङ्गमा जोड्दा २०७९ सालको दसैँ हाम्रो परिवारका लागि त्यति सहज थिएन । केही कुरामा दुखी हुँदाहुँदै पनि सम्पूर्ण दर्शक तथा श्रोताहरूमाझ खुसी ल्याउनका लागि मात्रै मैले उक्त जमरा लगाएकी हुँ ।
मैले घरपरिवारका साथ बसेर दसैँको टिका जमरा र ठुलाबडाबाट आशीर्वाद थाप्न नसकेपनि जमरालाई छातिमा सजाएँ । कला, संस्कृतिलाई जगेर्ना गर्दैगर्दा छातिमा जमरा सजाएर राखेँ ।’ आलोचना भएपछि उक्त तस्विरको बारेमा आर्चायले स्पष्टीकरण दिएकी छन । उसो त आचार्य बेलाबखत आलोचना खेपिरहने कलाकारको सूचीमा पर्छिन् ।