काठमाडाैँ – नेपाल समाजवादी पार्टी(नेसपा) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्वतन्त्र उम्मेदवारी लोकतन्त्रविरोधी प्रवृत्ति भएकाे आराेप लगाएका छन् । बेलाबेला कटाक्ष र आलोचना गरेर हाइलाइटमा आउने भट्टराई यतिबेला स्वतन्त्र उम्मेदवारको नाम लिएर आलोचनामा उत्रेका छन्।
आज बिहीबार काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा वाम-लोकतान्त्रिक गठबन्धनले प्रचार-प्रसार समितिको कार्यालय स्थापना गरिएको कार्यालयको शुभारम्भ गर्दै डा.भट्टराईले यस्ताे बताएका हुन् । उनले भाशाना गर्दैगर्दा उक्त कुराहरु बताएका छन्।
नागार्जुन-४ स्थित बाफलमा स्थापना गरिएको कार्यालयको शुभारम्भ गर्दै उने भने, ’स्वतन्त्र उम्मेदवारी, लोकतन्त्रविरोधी प्रवृत्ति हाे ।’
मुलुकमा प्राप्त भएका राजनीतिक उपलब्धिको रक्षा गर्न प्रतिक्रान्तिविरुद्ध निर्माण भएको वाम-लोकतान्त्रिक गठबन्धन प्राकृतिक र स्वभाविक भएको उनले बताएका हुन् । त्यसैले यो गठबन्धन कुनै स्वार्थको लागि नभई देशको रक्षा र विकासको निम्ति भएको कुरा व्यक्त गरे।