नाम परिवर्तन (जुनेली) को पारिवारिक पृष्ठभूमि अलिक विश्रृंखलित र लथालिंग छ । उनको परिवार पहिले काठमाडौंको साँखु छेउछाउको एउटा टोलमा बस्थ्यो । निकटस्थका अनुसार उनका बुवा र आमाको विवाह कानूनी र नैतिक रुपमा विवादास्पद थियो । त्यसैले सन्तान जन्मने क्रममा गाउँ–समाजको डरले उनीहरु त्यहाँबाट नुवाकोटतिर बसाइ सरेका थिए ।
जुनेलीका बाबु राजनीतिक कार्यकर्ता हुन् । नेकपा माओवादीमा आवद्ध उनले नुवाकोटमा एउटा फार्म हाउस पनि चलाएका थिए । तर, त्यसमा घाटा खाएपछि उनी विदेशिए । केही समय साउदी अरबमा वैदेशिक रोजगारीमा रहे । उनी विदेशमा रहँदा नेपालमा पत्नीले अर्को विवाह गरिन् । विदेशबाट फर्केर उनले पनि अर्की श्रीमती भित्र्याए ।
यसरी जुनेली सानै छँदा बाबु र आमा दुवैले दोस्रो विवाह गरेपछि उनले राम्रो अभिभावकत्व पाउन सकिनन् । उनको आफ्नी आमाको तर्फबाट एक दाजु छन् । उनै दाजुले जुनेलीका तर्फबाट सन्दीपविरुद्ध जाहेरी दिएका हुन् । जुनेली जस्तै उनका दाजु पनि अल्लारे उमेरकै छन् । उनको हुलिया पनि अल्लारे नै छ ।
जुनेली काठमाडौंको एक होस्टलमा बसेर प्लस टु पढिरहेकी छन् । उनी म्यानेजमेन्टकी विद्यार्थी हुन् । उनको होस्टलको चार्ज पनि एकजना साथीले तिर्दै आएको बताइन्छ । बाबु र आमा दुवैले उनीप्रति जिम्मेवारी राम्ररी निभाएका छैनन् । यद्यपि, दुवैको परिवारसँग उनको आउजाउ भने छ ।
जुनेलीले लडिरहेको कानूनी लडाइँमा बुवाआमाको खासै समर्थन वा चासो पाइँदैन । बुवा फ्रन्टमा आउनै नचाहेकाले उनका दाजुले जाहेरीमा दस्तखत गरेका हुन् । नेपाल प्रेस
यो पनि :-
क्रिकेटर सन्दीप लामिछानेको घटनामा पछिल्लो समय नयाँ ट्वीस्ट आएको छ । सन्दीप पक्षकै वकिलहरुको अभिव्यक्तिका साथै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुुरबहादुुर चन्दले एउटा टेलिभिजन अन्तर्वार्तामा किशोरीको उमेरमाथि प्रश्न उठाएपछि यो बहस गर्माएको छ । उनले जाहे’रीकर्ता ना’बालिग नभएको प्रमाण फेला परेको बताएका थिए ।
सन्दीपकी कानून व्यवसायी सुधा रिजालले जा’हेरीकर्ताको वास्तविक उमेरलाई लिएर प्रश्न उठाएकी छिन् । जा’हेरीकर्ताका दुईवटा जन्मदर्ता रहेको दाबी उनको दाबी छ ।
स्रोतका अनुसार उनको दुईवटा जन्मदर्ता रहेको असत्य हो । तर, वास्तविक उमेर १८ वर्षभन्दा माथि हुनसक्ने बताइएको छ । जन्मदर्ता र नागरिकतामा उल्लेखित जन्म मितिअनुसार किशोरी ना’बालिग नै छिन् ।
दुवैमा उनको जन्म मिति २०६२-०२-* उल्लेख छ । त्यसका आधारमा उनको उमेर १७ वर्ष ४ महिना भयो । बालिग हुन १८ वर्ष कटेको हुनुपर्छ ।
जाहेरी’कर्ताको जन्मदर्ता र नागरिकता दुवैमा जन्म मिति गडबड गरिएको सन्दीप निकट स्रोत बताउछ । उमेरमाथि प्रश्न उठाउन सकिने एउटा आधार भनेको उनका बुुवाले बनाएको बसाइसराइ कागज अनुसार उमेर १८ वर्ष ४ महिना हुन्छ ।
बसाइसराइको कागजमा उल्लेखित जन्म मिति वास्तविक भएको स्रोतको दाबी छ । उनका बुुवालाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘छोरी १८ वर्ष काटिसकेकी छ, उमेर घटाएर नागरिकता लिइएको हो ।’ तर, बुबाले यही कुरा प्रहरीमा भन्छन् भन्न सकिँदैन ।
जन्म मिति तय गर्ने मुख्य आधार बसाइसराइ कागजभन्दा पनि नागरिकता र जन्मदर्ता नै हुन् । त्यसलाई गलत प्रमाणित गर्न सन्दीपका वकिलहरुको ठूूलो चुुनौती देखिन्छ । किशोरीको जन्म मितिले घटनालाई नयाँ मोडतिर लगेको छ । यद्धपी यसबारे अनुुसन्धान जारी नै छ ।