काठमाडौँ :
अष्ट्रेलियाले अध्ययन भिसामा आउने मानिसमाथि पुनः निश्चित समय मात्र काम गर्न पाउने नियम लागू गर्ने भएको छ।अष्ट्रेलियाको सरकारले विद्यार्थीहरुको पढाइ र कामको सन्तुलन मिलाउनका लागि भन्दै निश्चित समय मात्र काम गर्न पाउने नियम बना नियम बनाएकाने हो ।
अब जुलाईदेखि विद्यार्थी भिसामा जानेले दुई सातामा ४० घण्टाभन्दा धेरै काम गर्न पाउनेछैनन्। यस अघि त्यहाको सरकारले कर्मचारी अभाव पूरा गर्न विदेशी विद्यार्थीहरुलाई चाहेजति काम गर्न दिने नियम ल्याएको थियो।
अब आगामी जुन ३० पछि भने पुनः विदेशी विद्यार्थीको लागि निश्चित समय मात्र काम गर्न दिइनेछ।
याे पनि ः
गोरखा- नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) का केन्द्रीय सदस्य एवम निबर्तमान संघिय सांसद हरिराज अधिकारीले प्रचण्डले नेतृत्व गर्नुभएको जनयुद्ध नेपालको राजनीतिक परिवर्तनको सर्वोत्कृष्ट क्रान्ति भएको बताउनु भएको छ ।
अखिल क्रान्तिकारी गोरखाले संविधान दिवसको अबसरमा आयोजना गरेको बर्तमान संबिधान निर्माणमा जनयुद्धको भूमिका बिषय बक्तृत्वकला प्रतियोगितालाई सम्बोधन गर्नुहुदै उहाँले माओबादीले सञ्चालन गरेको जनयुद्धले नेपालको आमूल परिवर्तन सम्भव भएको बताउनु भएको हो ।
“टुक्रे राज्यलाई एकता गरेर जसरी गोरखाका राजा पृथ्वी नारायण शाहले ठूलो राज्यको राजा हुने हेतुले नेपाली जनतालाई साथमा लिएर युद्ध लडे त्यो पनि एक किसिमको जनयुद्ध नै थियो, उहाँले भन्नुभयो, “त्यो भन्दापछि नेपालमा संगठित, व्यवस्थित, योजनाबद्ध उठान पैठान सञ्चालन कम्रेड प्रचण्डको नेतृत्वमा दश बर्ष जनयुद्ध भयो, यो नै नेपालको सर्वोत्कृष्ट युद्ध हो ।” उहाँले जनयुद्ध अझै नसिद्धिएको भन्दै अहिले एउटा प्रक्रियामा पुगेर स्थगन मात्र भएको बताउनुभयो ।
“हरहालतको असमानताको अन्त्य नहुदासम्म भिन्न ढंगले नेपालमा जनयुद्ध चलिरहन्छ, नेता अधिकारीले भन्नुभयो, प्राकृतिकले दिएको बाहेकका असमानताहरु, बिभेदहरु अन्त्य गर्न सकिन्छ, असमानताका केही अबशेषहरु बाँकी रहदासम्म जनयुद्ध चलिरहन्छ ।” उहाँले जनयुद्धलाई भिन्न ढंगले बाटो मोडेर शान्ति प्रक्रिया मार्फत पार्टीले यसलाई नयाँ ढंगले योजनाबद्ध रुपमा अगाडी बढाइरहेको समेत बताउनुभयो ।
जनयुद्धको जगमा बनेको संबिधानले देशलाई समाजबाद पुग्ने आधार प्रस्तावनामा नै उल्लेख गरिएको भन्दै उहाँले समाजबादको नाम सुन्दैमा रिस उठ्ने शक्तिहरुले समेत त्यसमा सहमति जनाउन जनयुद्धका कारण नै बाध्य भएको बताउनुभयो ।
संबिधान निर्माणका क्रममा अझै माओबादीले समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष कार्यकारी राष्ट्पतिका बिषयमा नोट अफ डिसेन्ट लेखेको भन्दै यि बिषयलाई आउदो निर्वाचनपछि आन्दोलनको रुपमा उठाएर देशलाई समाजबादी दिशामा लैजाने तर्फ पार्टीको ध्यान केन्द्रित भएको बताउनुभयो ।
“अहिलेको संबिधान कार्यान्वयन हुनु भनेको देशमा समाजबादी संरचनाको आधार तयार हुनु हो, नेता अधिकारीले भन्नुभयो, समाजबाद भनेको सबै वर्ग समुदायका बिचमा रहेका प्राकृतिक बाहेका बिभेदहरुको अन्त्य हुनु हो अब त्यो दिशामा पार्टी अगाडी बढ्छ ।”