‘माइती नेपाल’ले पीडित किशोरीलाई कब्जा गरेर राखेको आरोपमा सन्दीप पक्षले एक्सन लिने !

Spread the love

माइती नेपालबिरुद्ध मुद्धा हाल्ने सन्दीप लामिछानेको परिवारले तयारी गरेको सन्दीप लामिछाने परिवार निकट एक जनाले जानकारी दिएका छन् ।

आर्थिक चलखेलमा आफु पनि सहभागि हुन माइतिनेपालले गरेको गलत काम बिरुद्ध मुद्धा हाल्ने निर्णयमा परिवार पुगेको जानकारी प्राप्त भएको हो । माइती नेपालले यति बेला युवतीलाई अहिले बन्धकी बनाएर बन्द कोठामा थुनेर राखिएको समाचार सर्वत्र चर्चामा छ ।

माइती नेपालले मध्यस्थता गर्नु एकदमै गलत भएको एक अधिबक्ता बताउँछन् । मौलिक हक लगायतका संबिधान प्रदत्त अधिकारहरु एकैचोटी हनन भएकाले माइति नेपाल यसमा फस्ने निश्चित देखिएको छ ।

आफुखुसी आमाबुवाको इच्छाविपरित माइति नेपालले यतिबेला युवतीलाई बन्धकी बनाएको समाचार सवत्र्र चर्चामा छ । माइती नेपाल भने आफुहरु पिडितको पक्षमा रहेको भन्दै आमाबुवाको इच्छाविपरित बन्धकमा राखेपछि पनि यस्ता मनगढन्ते तर्कहरु गरिरहनुले शंका गर्ने प्रशस्तै ठाउँ रहेको छर्लङ्गै हुन्छ ।

नाबालिकाको परिवार स्रोत भने आफुहरुलाई समेत भेट्न नदिदा आफुहरु चिन्तामा रहेको बताउँछ ।

यो पनि :-

काठमाडौं । शनिबार नेपाली कांग्रेस डडेलधुराका दुई दर्जन नेता कार्यकर्ता पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगे । निर्धारित समयभन्दा तीन घण्टा ढिला गरी उनीहरुले देउवालाई भेट्ने समय पाए । निकै तनावमा देखिएका देउवाले उनीहरुलाई छिटो आफ्नो कुरा राख्न निर्देशन दिए । प्रतिनिधिसभा १ र प्रदेशसभाका २ सिट रहेको डडेल्धुरामा संघमा देउवा उमेदवार बन्ने निश्चित छ ।

सत्ता गठबन्धनको भागवण्डामा प्रदेशसभा ‘क’ माओवादीको भागमा परेको छ भने ‘ख’ कांग्रेसको भागमा परेको छ ।माओवादीले तीनपटक देउवासँगै हारेका खगराज भट्टलाई प्रदेशसभा ‘क’ को उमेदवार बनाउने टुङ्गो लगाइसकेको छ ।

त्यही प्रसंग कोट्याउँदै कार्यकर्ताले माओवादीलाई प्रदेशसभा ‘क’ दिन नहुने माग गरे । कार्यकर्ताहरुले कांग्रेस जिल्ला सभापति भीमबहादुर साउँदको व्यवस्थापन गर्न माग गरे ।

उनी परशुराम नगरपालिकाका निवर्तमान मेयर समेत हुन् ।

कार्यकर्ताले त्यो माग सुनेपछि देउवा झोँक्किए । भेटमा सहभागी एक नेताले भने,“गठबन्धनमा दाँयाबाँया हुँदैन । तपाईहरुले के भन्न खोजेको ? तपाईहरु प्रचारमा गाउँ नगए पनि हुन्छ । बस्नुस् यतै ! काठमाडौंमा । म चुनाव हार्दा के हुन्छ । हारौंला खगराज पनि हार्लान् । भेटमा सहभागीहरुले माओवादीलाई भोट दिन नसक्ने बताएका थिए ।

देउवाका तीन पटकका प्रतिष्पर्धी खगराज भट्ट प्रदेशमा उमेदवार बने पनि कांग्रेसभित्रकै विवादले देउवाका लागि चुनौती थपिएको छ । कांग्रेस पूर्वजिल्ला सभापति कर्ण मल्ल नेपाली कांग्रेस बीपीको तर्फबाट देउवाविरुद्ध उमेदवारी दिने तयारीमा छन् । उनलाई एमालेले समर्थन गर्ने सम्भावना छ । डडेल्धुरामा कांग्रेसभित्र विवाद बढ्दो छ । विवाद मिल्न नसक्ने गठबन्धनलाई नै धक्का लाग्ने नेताहरु बताउँछन् ।