छोरी जन्मिएपछि प्रसूति गृहको ३ तलामाथिबाट एक पुरुष हामफाले

Spread the love

काठमाण्डौ । काठमाण्डौको थापाथलीस्थित प्रसूति गृहको ३ तलामाथिबाट एक पुरुष हामफालेका छन् । श्रीमतीलाई सुत्केरी गराउन अस्पताल पुगेका ३९ वर्षका पुरुष बिहीबार राति अस्पतालकै भवनबाट हाम फालेका हुन् ।

प्रहरीका अनुसार उनी कपन बस्दै आएका स्वयम तामाङ हुन् । उनी श्रीमतीलाई सुत्केरी गराउन राति अस्पताल गएको र छोरी जन्मिएपछि हामफालेको भन्ने खुल्न आएको प्रहरीको भनाइ छ । हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

याे पनि ः
अर्थमन्त्री जनार्दन शर्मा ग्रिन क्लाइमेट फण्ड (जीसीएफ)मा सहभागी हुन अमेरिका प्रस्थान गरेपछि उनको जिम्मेवारी नेतृ पम्फा भुसालले पाएकी छिन् । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री भुसालले आज अर्थ मन्त्रालयको जिम्मेवारी पाएकी हुन् ।

अर्थमन्त्री जनार्दन शर्मा ग्रिन क्लाइमेट फण्ड (जीसीएफ) मा सहभागी हुन अमेरिका प्रस्थान गरेसँगै सो मन्त्रालयको जिम्मेवारी ऊर्जा मन्त्री भुसाललाई दिइएको हो ।

अर्थमन्त्री शर्मा अमेरिका प्रस्थान गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले भुसाललाई सो मन्त्रालयको जिम्मेवारी दिएका हुन् । राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले अर्थ मन्त्रालयको जिम्मेवारी भुसालले सम्हाल्ने जानकारी दिएको छ ।

अर्थमन्त्री शर्मा विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषले आयोजना गर्ने कार्यक्रममा सहभागी भएर दक्षिण कोरियाको इन्चेनमा आयोजना हुने जीसीएफमा समेत सहभागी हुनेछन् ।

नेपाल राष्ट्र बैङ्कका गभर्नर यसअघि नै अमेरिका प्रस्थान गरिसकेका छन् । अर्थमन्त्री शर्मासँगै अर्थसचिव कृष्णहरि पुष्कर र सह-सचिव ईश्वरीप्रसाद अर्याल पनि अमेरिका गएका छन् ।

बिजुली बिक्री भएन भनेर अब चिन्ता गर्नुपर्दैनः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले जलवायु परिवर्तनका कारण विश्वव्यापी रुपमा उत्पन्न स’ङ्कटको समाधान गर्दै कार्बन उत्सर्जनलाई न्यूनीकरणका लागि ग्रीन हाइड्रोजन नै उत्तम विकल्प भएको बताएका छन् ।

विश्वका ठूला र औद्योगिक राष्ट्रले उत्पादन गरेको ग्रीन हाउस ग्यासका कारण नेपालजस्ता पर्वतीय मुलुक सङ्क’टमा परेको उल्लेख गर्दै उनले जलस्रोतको उपयोग गरेर ग्रीन हाइड्रोजन उत्पादन गर्न सकिने बताए ।

आजदेखि यहाँ सुरु भएको ग्रीन हाइड्रोजन समिटलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका कारण परेको प्रभाव न्यूनीकरणका लागि पनि अब विकल्पको खोजी भएको बताए ।

अर्थमन्त्रीले बिजुली बिक्री भएन भनेर अब चि’न्ता गर्नु नपर्ने अवस्थामा पुगेको उल्लेख गर्दै त्यसैको उपयोग गरेर देशभित्रै थप अवसरको खोजी गर्न सकिने बताए ।