अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर मृत्यु

Spread the love

पाल्पा । पाल्पामा अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर गए राति एक जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–२ हापुरका ३० वर्षीय विष्णु सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

उपचारका लागि बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदा राति ११ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । पोल्ने क्रममा उनी रुखबाट करिब एक सय मिटर तल लडेर गम्भीर घाइते भएका थिए ।

शुक्रबार साँझ करिब ५ बजे गाउँ नजिकै रहेको तारे जङ्गलस्थित सालको रुखमा रहेको अरिङ्गालको गोलो पोल्न गएको बुझिएको छ । विष्णुसँग सोही ठाउँका ३२ वर्षीय पूर्णबहादुर राना पनि अरिङ्गालको गोलो पोल्न जानुभएको थियो ।

याे पनि ः
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले एमाले पूर्व उपाध्यक्ष भीम रावलले टिकट नपाएपछि आफ्नो प्रतिक्रिया जनाएका छन् । पत्रकार ऋषि धमलासँग ‘जनता जान्न चाहान्छन्’ कार्यक्रममा कुराकानी गर्दै उनले कसैले टिकट पाउने नपाउने कुरा पार्टीको आन्तरिक बिषय भएको बताएका छन् ।

पार्टीमा लागेको प्रत्येक कार्यकर्तालाई कुनै न कुनै रुपमा जिम्मेवारी दिनुुपर्ने उनको भनाई छ । ‘पार्टीमा लागेको प्रत्येक कार्यकर्तालाई क्षमताअनुुसार कुनै न कुनै रुपमा जिम्मेवारी दिनुुपर्छ’, नेम्वाङले भने, ‘जहाँसम्म भीम रावल कमरेडको कुुरा गर्दा उनी त मेरा साथीमात्र मात्र होइन, उनी त मेरा भाइ जस्ता मान्छे हुन्’, उनी लगायत जोसुकैका लागि म पार्टी मा कुरा गर्ने गरेको छु ।

आफुले पनि मनमा लागेका कुराहरु पार्टीका अध्यक्ष केपी ओलीसँग,सचिवालयमा राख्ने गरेको र बाहिर नभन्ने आफ्नो मान्यता रहेको उनले बताए । नपाएको हल्ला गलत भएको भन्दै पार्टीमा दश भाई भनिएका गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, आचार्य लगायतले टिकट पाएको पनि उनले स्मरण गराए ।

ओलीको विरो’ध गर्दा टिकट पाइनँ

नेता डा। भीम रावलले बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको असंवै’धानिक कदमको वि’रोध गर्दा टिकट नपाएको बताएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बिहीबार उनले अध्यक्ष ओलीको राष्ट्रहित वि’परीतका र असं’वैधानिक कामको वि’रोध गरेकै कारण आफूले टिकट नपाएको बताएका हुन् ।

रावलले भने– ‘पार्टी अध्यक्षले गरेका राष्ट्रहित विपरीतका र असंवैधानिक कामको मैले वि’रोध गरेँ, जसकारण जिल्लाबाट सिफारिस हुँदा पनि केन्द्रले मलाई प्रतिनिधिसभा निर्वाचनको लागि टिकट दिएन ।’

उनले पार्टी भित्र र बाहिर ओलीले गरेका स्वेच्छाचारी निर्णयको आफूले सधैं विरो’ध गरिरहेको दाबी गर्दै पार्टी विभाजन रोक्नका लागि आफूहरूसँग भएको १० बुँदे सहमति पनि ओलीले कार्यान्वयन नगरेको आ’रोप लगाए । उनले एमालेको चिह्नमा अन्य पार्टीका नेतालाई उम्मेदवार बनाउने निर्णय तथा तालमेलको पनि खुलेर आलोचना गरे ।