लमजुङ — लोकगायक राजु परियारका बुबा मंगलसिंह परियारको ७२ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ ।
लमजुङको बेंसीसहर नगरपालिका–२, चिसापानी घर भइ हाल चितवन भीमनगर बस्दै आएका परियारको उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
३–४ वर्षयता फोक्सोको समस्याबाट पीडित परियारलाई पछिल्लो समय फोक्सोमा क्यान्सर भएको थियो ।
काठमाडौंमा उपचार गराइरहेका उनको स्वास्थ्यमा सुधार आएपछि दुई महिनाअघि चितवन ल्याइएको थियो ।
चितवनस्थित घरमा आइतबार बिहान एक्कासि स्वास्थ्यमा समस्या आएको र उपचारका क्रममा भरतपुर अस्पताल लगिएकोमा उपचारको क्रममा निधन भएको हो ।
लोकगायक राजु परियारले आफ्नो बुबाको निधन भएकोबारे फेसबुकमा तस्बिरसहित राखेका छन् । उनले आफ्नो बुबाको उपचारका क्रममा आइतबार बिहान ७ बजेतिर निधन भएको बताएका छन् । ‘बुबा आजदेखि मलाई घरको सम्पूर्ण जिम्मेवारी सुम्पेर यो पुज्य धर्तीबाट बिदा हुनुभयो ।’– उनले फेसबुकमा लेखेका छन् ।
मंगलसिंहका २ श्रीमती, ६ छोरा र २ छोरी हुन् । दुवै श्रीमतीसँग उनी चितवन बस्दै आएका थिए । काठमाडौंमा जेठो छोरा राजुले उपचार गराइरहेका थिए । राजु मंगलसिंहका जेठो छोरा हुन् ।
यो पनि :-
आँफुलाई अधिकारकर्मी बताउँदै आएकी जयनारी भनिने सावित्री सुवेदीले सन्दीपलाई गम्भिर आरोप लगाउँदै सामाजिक संजालमा नै सन्दिप लामिछानेलाई बलात्कारी भन्न पछि परेकी छैनन् ।
उनी पटकपटक सन्दीप प्रकरणमा सन्दीपलाई नै दोषी हो भन्दै आइरहेकी छिन्। केही समय अगाडी बलात्कारी हो र नेपाल आउने बित्तिकै फाँसी दिनुपर्छ भन्ने जय नारी यसपटक पनि सन्दीपको बिरोधमा उत्रेकी छिन्।
उनले भनेकी छिन् – ‘सन्दीप लामिछाने बलात्कारी हो, सन्दीपलाई कानुनले छोडयो भने म अनसन बस्ने छु’
माइती नेपालको कब्जामा ‘पीडित’
धेरैको मनमा उठिरहेको जिज्ञासा, जाहेरीकर्ता कहाँ छिन् ? आरोपी सन्दीपलाई ‘डे वान’ बाटै सार्वजनिक गरेको प्रहरीले जाहेरीकर्तालाई भने गोप्य राखिरहेको छ । कानूनी व्यवस्थाअनुसार पनि यौनजन्य अपराधमा जाहेरी दिनेको पहिचान गोप्य राख्नुपर्ने हुन्छ । प्रहरी स्रोतका अनुसार जुनेली माइती नेपालको संरक्षणमा छिन् ।
जाहेरी दर्ता भएको दुई-तीनपछि प्रहरीले उनलाई माइती नेपालकी अनुराधा कोइरालाको जिम्मा लगाएर पठाएको हो । कोइरालाले जुनेलीलाई निकै कडा निगरानीमा राखेकी छन् ।
उनलाई बाहिर निस्किन दिइएको छैन । बाहिरबाट आउनेहरुले पनि उनीसँग भेट्न पाउँदैनन् । उनलाई कलेज जान पनि अनुमति नदिइएको स्रोतले बतायो । माइती नेपालभित्रै शिक्षकको प्रवन्ध गरेर पठनपाठन गराइएको स्रोतको दाबी छ ।
जुनेलीले माइती नेपालको कथित संरक्षणबाट बाहिर निस्किन चाहेकी छन् । तर, उनले बाहिर निस्केपछि बयान फेर्ने चिन्ताले गर्दा अनुराधाले त्यो अनुमति नदिएको स्रोतले बतायो । साथै माइती नेपालका काउन्सिलरले उनलाई बयान नफेर्न निरन्तर काउन्सिलिङ र ब्रेनवास गरिरहेका छन् ।
के पल शाह प्रकरणमा जस्तै यसमा पनि अन्तत्वगत्वा जाहेरीकर्ताले बयान फेर्लिन् त ? स्रोतले त्यो सम्भावना नकार्न चाहेन ।
‘यदि माइती नेपालको कब्जाबाट फुत्किइन् भने बयान फेर्न सक्ने सम्भावना बलियो छ’, स्रोतले भन्यो ।