धरान- ६ पानबारीकी १६,वर्षीया किशोरी स्नेहा निरौला शनिबार एकदिनका लागि श्री सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक बनेकी छिन् ।
किशोरीले प्रधानाध्यापक भए पछि छलफल समेत गरेकी थिइन् । विद्यालयमा भएका समस्या बुझ्दै उनले किशोर किशोरी मैत्री विद्यालय हुनुपर्ने बताइन् । विद्यालय तथा अन्य क्षेत्रमा किशोरीहरू माथि हुने समस्यालाई स्थानीय सरकारसमक्ष जोड्न सहयोग पुगोस् भनेर कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको ।
स्नेहाले जिम्मेवारी पाए पछि आफ्नै विद्यालयको एक दिनको प्रधानाध्यापक हुन पाएकोमा खुशी प्राप्त भएको बताउँदै आफूमा भएको नेतृत्व सीप, बोल्ने र विभिन्न चुनौतीसँग लड्न मानसिकरुपमै तयार भएको भन्दै भविष्यमा आफू मेहनत गरेर यस्तै पदमा पुग्ने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गंगाप्रसाद धमलाले केही नभए पनि एउटी बालिकाले आफ्नो जिम्मेवारी लिँदा धैरै पहिले देखि नै योजिम्मेवारी सम्हालेको झलकहरू रहेको र विद्यालय सधैं किशोर किशोरीहरुको हकहितको लागि साथ सहयोग सधैं रहने बताएका छन् ।
आफनै विद्यार्थीलाई आफ्नो पद जिम्मेवारी सम्हालेको देख्दा आफू हर्षित भएको उनले बताए ।
कार्यक्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिका वडा नं ६ कि महिला वडा सदस्य देविका विश्वकर्माले किशोरीहरूलाई कमजोरीको रूपमा लिनु नहुने बताउँदै उनीहरुको योजना निर्माणदेखि कार्यान्वयन तह सम्मको भूमिका रहेने बताइन् ।
प्लान इन्टरनेशनल नेपालको सहयोग र सामुदायिक समाज उत्थान केन्द्रको आयोजनामा १०, औं अन्तर्राष्ट्रिय बालिका दिवस अन्तर्गत सो कार्यक्रम आयोजना गरी किशोरीलाई प्रधानाध्यापक बनाइएको हो ।