जंगलमा हत्या गरी एकै ठाउँमा फालेको अवस्थामा फेला परेका रोशनी र शरदको शव पोष्टमर्टमका लागि यस्ताे गरिदै

Spread the love

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँको जंगलमा हत्या गरी एकै ठाउँमा फालेको अवस्थामा फेला परेका किशोर-किशोरीको शव पोष्टमर्टमका लागि फरेन्सिक विज्ञ झिकाइने भएको छ।

तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा फरेन्सिक विज्ञ नरहेको हुँदा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सम्बन्धित विज्ञ बोलाइएको अस्पतालका प्रशासन हेर्ने रेस्मी अधिकारीले सेतोपाटीलाई जानकारी दिए। प्रहरीले आग्रह गरे अनुसार पाँच/छ वटा चेकजाँच गर्न सक्ने उपकरण तथा सम्बन्धित क्षेत्रका विज्ञ प्रादेशिक अस्पतालमा नरहेकोले घोराहीबाट बोलाइएको उनले बताए।

घटना अनुसन्धानका लागि आइतबारदेखि नै तुलसीपुरमा खटिएका जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले चिकित्सकले शव पोष्टमर्टम गर्न नमानेपछि घोराहीबाट बोलाउनु परेको बताए। तुलसीपुरका चिकित्सकले नमानेपछि पोष्टमर्टमका लागि शव घोराही पठाउने कि भनेर छलफल चलिरहेको भए पनि बेलुकी पख घोराहीबाट सम्बन्धित क्षेत्रका विज्ञ बोलाएर तुलसीपुरमै पोष्टमर्टम गर्ने निर्णय भएको प्रवक्ता गौतमले जानकारी दिए।

दमारगाउँकी १५ वर्षीया रोशनी महतरा क्षत्री र दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँ घर भई दमारगाउँमा मामाको घरमा बस्दै आएका १४ वर्षीय शरद आचार्यको शव स्थानीय सामुदायिक वनको जंगलभित्र चिरोमा एकै ठाउँमा फालेर माटोले पुरेका अवस्थामा आइतबार दिउँसो फेला परेका थिए।

उनीहरूको शव आइतबार बेलुका अबेरमात्रै पोष्टमर्टमका लागि भनेर तुलसीपुर ल्याइएको थियो। शव फेला परेको २४ घन्टा बढी बितिसक्दा पनि अझै पोष्टमर्टम हुन सकेको छैन। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार रोशनी र शरद असोज २७ गते रातिदेखि बेपत्ता थिए।

असोज २८ गते आचार्यकी मावली हजुरआमाले कौवापुर प्रहरी चौकीमा गएर आफ्नो नाति हराएको भन्दै खोजी गरिदिन निवेदन दिएकी थिइन्। उनीहरू दुबै जना स्थानीय अम्बापुर माविमा अध्ययनरत थिए। रोशनी कक्षा ८मा र शरद ९मा अध्ययनरत थिए।

उनीहरूका केही नजिकका सहपाठी तथा साथी गरी ६ जनालाई उनीहरूको व्यवहार तथा सम्बन्धको कुरा सोधपुछको लागि इप्रकामा राखेको छ। यीबाहेक प्रहरीले एक जना टिपर चालक आइतबार नै र उनको बयाका आधारमा अर्का एक युवकलाई सोमबार बिहान नियन्त्रणमा लिएर घटना अनुसन्धान भइरहेको जानकारी दिएको छ।

प्रहरी उच्च स्रोतका अनुसार थप एक/दुई जनाको नाम आएको हुँदा उनीहरूलाई निगरानीमा राखेर सूक्ष्म ढंगले अनुसन्धान अगाडि बढाइएको छ।सहपाठी रोशनी र शरदको एकै साथ हत्या गरी एकै स्थानमा शव फालेर भाग्नेहरूलाई छिट्टै नियन्त्रणमा लिने प्रहरीले विश्वास दिलाएको छ।

याे पनि ः
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै गोरुगाडावालाहरु देशलाई अझै प्रतिगमन र अराजकतातिर जाने योजनामा रहेको बताए ।

सत्ता गठबन्धन दलका कार्यकर्ताको संयुक्त भेलालाई ललितपुरमा सम्बोधन गर्दै प्रचण्डले अब हुने चुनाव अरू सामान्य चुनाव जस्तै नहुने जिकिर गरे । ‘हिजो १२ बुँदे समझदारी पक्षधर एक भएका छौं । हिजाे १२ बुँदे समझदारी केपी ओलीले होइन माधवकुमार नेपालले गरेका हुन ।

नेपाली कांग्रेसबाट गिरिजाप्रसाद कोइराला र माओवादीबाट मैले हस्ताक्षर गरेको हो’ प्रचण्डले भने, ‘गोरुगाडावालहरु कहीँ न कहीँ प्रतिगमनतिरै, अराजकतातिरै देशलाई लैजानेमा छन् । त्यसलाई रोक्न गठबन्धन पक्षधर विजयी हुनै पर्नेछ ।’

तत्कालीन सात राजनीतिक दल र माओवादीबीच १२ बुँदे समझदारी हुने क्रममा निरंकुशता विरुद्ध लड्न हुँदैन भन्ने प्रवृत्ति देखिएको प्रचण्डले स्मरण गरे । एमाले अध्यक्ष ओलीलाई इंगित गर्दै प्रचण्डले नेपालमा गणतन्त्र ल्याउने भनेको वयलगाडामा चढेर अमेरिका जानु जस्तै भनेको उल्लेख गरे ।

‘तत्कालीन सात राजनीतिक दल माओवादीबीच १२ बुँदे समझदारी हुँदा एकथरी प्रवृत्ति निरंकुश प्रवृत्तिका विरुद्ध लड्न हुँदैन । त्यसका विरुद्ध आन्दोलन गरेर पार लाग्न सकिँदैन । संविधान सभाबाट गणतन्त्र ल्याउने भनेको वैयलगाडा चढेर अमेरिका जानु एउटै कुरा हो भन्ने नेता र प्रवृत्ति थियो ।

हामीले बिर्सन हुँदैन’ स्मरण गर्दै प्रचण्डले भने, ‘तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको नेपाली कांग्रेस शेरबहादुर देउवा पार्टी, माधव नेपाल नेतृत्वको एमाले र हामी सबैले गोरुगाढावाल प्रवृत्तिका विरुद्ध सङ्घर्ष गरेर १२ बुँदे समझदारी गरियौं । जनयुद्ध र जनआन्दोलन शान्तिमा रूपान्तरण भयो,’ उनले

देश संघीय लोकतान्त्रिक गणतन्त्र भई संविधान घोषणा हुँदासम्म हिजोका गोरुगाडावाला सिद्धान्त बोकेका नेताहरू नबदलिएको बताए । ‘संविधानमा हस्ताक्षर गरेपछि प्रतिगमन,प्रतिक्रान्ति, निरंकुशता र अराजकतातिर जाने छैन भन्ठानियौं ।

ति सबै धोका र बेइमानी रहेछ भन्ने कुरा प्रष्ट भयो’ प्रचण्डले भने, ‘जति बेला वाम गठबन्धन गरेर कम्युनिस्ट एकता गर्न खोज्ने बेला प्रत्यक्ष अनुभव गरियौं । त्यो बेइमानी रहेछ, त्यो षड्यन्त्र रहेछ । उनीहरूको भित्र चाहना फेरी निरंकुशतन्त्र कायम गर्ने, यो देशलाई प्रतिगमनतिर लग्ने रहेछ ।’