काठमाडौँ- नेपाली राजनीति यतिबेला गोरखातिर बढी केन्द्रित भएको देखिएको छ। डा. बाबुराम भट्टराइले आफू प्रत्यक्ष चुनावमा नहोमीने घोषणा गरे संगै सबैको ध्यान त्यही गोरखामा गएर अड्किएको थियो।
माओवादी केन्द्रका अध्यक्ष पुष्प कमाल दाहाल ‘प्रचण्ड’ स्वयं आफै गोरखा क्षेत्र-२ बाट चुनाव लड्ने घोषणा गरे। गठबन्धनको साझा उम्मेदवारको रुपमा प्रचण्ड गोरखा पुगेका छन्।
प्रचण्डलाई चुनौती दिंदै एमालेको तर्फबाट युवा नेता अब्दुस मियाँलाई उम्मेदवार बनाएको छ। मियाँले पटकपटक प्रचण्डको आलोचना मात्रै गरिरहेको देखिन्छ।
उम्मेदवारी दर्ता गरेदेखि उनी प्रचण्डको कटाक्षमा उत्रेका छन् र प्रचण्डलाई जसरी भएपनि यो चुनाबमा हराई छाड्ने अडान लिएर हिंडेका छन्।
यसैक्रममा उनीले अब्तार्वाता दिने क्रममा भनेका छन् – ‘नेकपा माओवादीले जनमत गुमाईसक्यो, गोरखाबाट प्रचण्डले जित्ले सम्भावना नै छैन, मेरो विजय निश्चित जस्तै छ ‘
यसअघि उनले प्रचण्डलाई संकेत गर्दै भनेका थिए – ‘पछिल्लो ३ दशकदेखि नेपाली राजनीतिको अस्थिरताको प्रमुख कारक बनेका एक पात्रलाई गोरखाले यसपटक राजनीतिबाटै विदा गर्दैछ’
उनी यसो हेर्दा प्रचण्डलाई खुल्ला चुनौती दिइरहेका छन्। एकपटक होइन हरेक पटकको अन्तर्वातामा प्रचण्ड र माओवादीको विरोध गरिरहेका छन्।
संगै आलोचना पनि सुरु हुन थालेको छ कुनै समय एमालेका अध्यक्ष केपी शर्मा ओलीको पनि विरोध गरिरहेका थिए। उनले कुनै समय लेखेको स्टाटस यतिबेला समाजिक संजाल फेसबुकमा निकै भाइरल पनि भएको छ। मियाँले लेखेका थिए – ‘
असफल प्रधानमन्त्री केपी ओलीको असफल कू प्रयासलाई समर्थन गर्ने अनि यो दुई महिनाभित्र ओली पूजा गर्ने शर्तमा राज्यका विभिन्न निकायमा नियुक्ति लिने नालायाकहरुले आफैं सार्वजनिक पदहरुबाट राजीनामा देलान् कि जनताले घोक्रेत्याक लाउञ्जेल कुर्लान् ?
नेपाल आमाको रगत चुस्ने सबै प्यारासाइटहरु नष्ट हुन् आवश्यक छ। ‘
यसै बिषयलाई लिएर उनको आलोचना उन थालेको छ। उनले प्रचण्डलाई हराउने चुनौती दिएपनि त्यही सहज चाहि देखिएको छैन।