पूर्व सभामुख एवं माओवादी नेत्री घर्तिलाई कर्जा चुक्ता गर्न २१ दिने अल्टिमेट

Spread the love

काठमाडौं । नेकपा माआवादी केन्द्रकी नेत्री अन्सरी घर्ति मगरलाई श्री लालीगुराँस बहुउद्दश्यीय सहकारी संस्था लिमिटेडले कर्जा चुक्ता गर्न २१ दिने सुचना जारी गरेको छ ।

रुकुम सिस्ने घर भई हाल काठमाडौं नयाँबानेश्वरमा बस्दै आउनुभएका केशव रावलले उक्त सहकारीबाट रकम कर्जा लिएको देखिन्छ । व्यतिmगत जमानी कर्जाको रुपमा नेत्री घर्ति बसेको पाइएको छ ।

उक्त सहकारीले आइतबार सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र साँवा, ब्याज तथा अन्य दस्तुर चुक्ता गर्न सूचना जारी गरेको छ । यदि २१ दिनभित्र उक्त रकम चक्ता नगरे कालो सूचीमा राखेर कारवाही गर्ने चतावनी दिएको छ । कर्जा लिएका व्यक्ति सम्पर्कमा नै नरहेको र नियमित तिर्नुपर्ने किस्ता नतिरेका कारण जमानीबाट असुल गर्न पाउँने कानूनी व्यवस्था अनुसार कानूनी डण्डा चलाउँन उक्त सहकारी अघि बढेको हो ।

पूर्वसभामुख ओनसरी घर्ती मगर काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएको छ । माओवादीको भागमा पाएको उक्त क्षेत्रमा उहाँ गठबन्धनको साझा उम्मेदवार हुनुहुन्छ ।

यही २१ दिनमा नै कालो सूचीमा नाम परेको खण्डमा उहाँमाथी उम्मेदवार अयोग्यता विषय बन्नेछ । अहिलेपनि उहाँलाई नैतिक रुपमा भने आर्थिक रुपमा सच्चा जनप्रतिनिधि नरहेको प्रश्न भने उठेको छ ।

यो पनि पढ्नुहोस् :
काठमाडौँ – सन्दीप लामिछानेविरुद्धको बला-त्कार मुद्दामा प्रहरीले अनुसन्धान टुंग्याएको छ। शुक्रबार अपराह्न अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको सरकारी वकिल कार्यालयका प्रमुख अच्यूतमणि नेउपानेले बताए।

‘प्रहरीले शुक्रबार अन्तिम समयमा प्रतिवेदन ल्याएको छ। हामीले हेर्न भ्याएको छैन’, नेउपानेले भने, ‘भोलिबाट अदालत बिदा हुने भएकाले तिहार बिदाअघि मुद्दा दर्ताको सम्भावना कम छ।’

सन्दीपलाई १० देखि १२ वर्षसम्म कैद सजाय गर्न प्रहरीको राय छ। कानुनमा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षसम्मका नाबालिगलाई जबरजस्ती क-रणी गरेमा १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। सोही व्यवस्थाअनुसार सन्दीप दोषी देखिएको भन्दै प्रहरीले प्रतिवेदन बुझाएको हो।

प्रहरी प्रतिवेदन अध्ययन गरेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा अभियोजना पत्र दायर गर्ने छ। त्यसपछि अदालतले सन्दीपको बयान गराउने र थुनछेक बहस हुनेछ। अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा सन्दीप दोषी देखिन सक्ने ठहर गरेमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने छ।

मुद्दामा अन्य प्रमाण नभए पनि पीडितको उमेर १८ वर्षभन्दा कम भएकाले सन्दीप दोषी ठहर हुने सम्भावना रहेको अनुसन्धान अधिकारीले बताए। प्रहरीले १८ वर्षभन्दा कम रहेको प्रमाणका रुपमा किशोरीको नागरिकता बुझाएको छ।

यसअघि सन्दीप र उनका वकिलले भने पीडित भनिएकी किशोरीको उमेर १८ वर्षभन्दा बढी रहेको र जन्मदर्ता तथा बसाइँ सराइको कागजातमा १९ वर्षकी किशोरी भएको प्रमाण आफूहरुसँग रहेको दाबी गरेका छन्। उनीहरुले समेत उमेरलाई नै जोड दिएर प्रमाण पेस गर्ने सम्भावना छ।

छुट्टाछुट्टै उमेर भन्ने प्रमाण पेस भएपछि अदालतले केलाई आधार मान्ने भन्ने कुराले सन्दीपविरुद्धको कसुरमा अर्थ राख्नेछ। १८ वर्षभन्दा कम उमेर ठहर भएमा सहमतीमै क-रणी भए पनि जबरजस्ती क-रणी मानिने कानुनी व्यवस्था छ।

यसअघि बयानका क्रममा पनि सन्दीप लामिछानेले किशोरीको उमेर १९ वर्ष भएको बताएका थिए। घटनाको समयमा नगरकोट जाँदै किशोरीसँग कुरा भएको र त्यतिबेला उनले आफू १९ वर्ष भएको र कागजातमा भने एक वर्ष उमेर घटाएको बताएको बयान दिएका थिए। उनले आफूविरुद्धको आरोप अस्वीकार गरेका छन्। तर घटनाको समयमा होटलको एउटै कोठामा राति बसेको भने उनले स्वीकार गरेका छन्।

सन्दीपलाई आइतबार अदालत लगिँदै
अनुसन्धान सकेको प्रहरीले सन्दीपलाई आइतबार जिल्ला अदालतमा उपस्थित गराउने भएको छ। अदालतले हिरासतमा राख्न अनुमति दिएको अवधि सकिएकाले प्रहरीले अदालतमा उपस्थित गराउने भएको हो। यसअघि तेस्रोपटक चार दिनको म्याद थप गर्दै अब प्रतिवेदनसहित अदालतमा उपस्थित हुन भनेको थियो।

प्रहरीले प्रतिवेदन तयार गरेर बुझाइ सकेधको भए पनि अदालतमा पुग्न केही समय लाग्ने भएकाले सन्दीलाई थप हिरासतमा राख्नका लागि अनुमति माग गर्न प्रहरीले सन्दीलाई अदालतमा उपस्थित गराउने भएको हो। यसअघि पहिलोपटक ७ दिन र दोस्रो पटक ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो।

तर सन्दीपविरुद्धको मुद्दा अदालतमा कात्तिक १४ गते मात्रै दर्ता हुने सम्भावना छ। तिहार बिदामा प्रतिवेदन अध्ययन गरेर १४ गते दर्ता गर्न सकिने सरकारी वकिल कार्यालय उच्च स्रोतले बतायो।

सन्दीपविरुद्ध प्रहरीमा भदौ २१ गते जाहेरी परेको हो। त्यतिबेला क्रिकेट खेल्न केन्या पुगेका उनी असोज २० गते आत्मसमर्पण गर्न नेपाल फर्किएका थिए। त्यतिबेला उनलाई बिमानस्थलबाटै पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो।