चितवन- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनको कुरिटनारमा गठबन्धनका कार्यकर्ताले आफ्नो चुनावी टोलीमाथि आक्रमण गरेको आरोप लगाएको छ।
लामिछानेकै नेतृत्वमा कुरिनटारबाट नारायणगढतर्फ अघि बढेको चुनाव प्रचार टोलीमाथि फिस्लिङतर्फ गइरहेको गठबन्धनको चुनावी र्यालीबाट आक्रमण भएको आरोप पार्टीका कार्यकर्ताहरुले लगाएका छन्।
लामिछानेको गाडीको पछाडि रहेको अर्को गाडीमा गठबन्धन कार्यकर्ताले ढुंगामुढा प्रहार गर्दा क्षतिग्रस्त भएको र एक जना कार्यकर्ता घाइते भएको पनि राष्ट्रिय स्वतन्त्र पार्टीले जानकारी दिएको छ।
घटनालगत्तै उम्मेदवार लामिछानेले यो आक्रमणलाई आफूमाथिको आक्रमणका रूपमा लिएको भन्दै सत्ताको आडमा अपराध भएको आरोप लगाएका छन्। उनले कुटपिट र तोडफोडको घटनामा संलग्नहरूमाथि कारबाहीको माग गरेका छन्।
चितवन २ बाट लामिछानेसँगै कांग्रेसका उमेश श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेल प्रतिष्पर्धामा छन्।
यो पनि पढ्नुहोस् :-
बैतडी, २७ कात्तिक;खर काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका(८ की २७ बर्षिया सरस्वती धामी, बोहराको खर काट्ने क्रममा शनिबार लुपुड भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको सिगास गाउँपालिकाका प्रवक्ता अमरसिंह धामीले जानकारी दिए ।
मृतक सिगास गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत थिइन् । बैतडीका ठाउँमा महिलाहरू भीरमा खर काट्ने क्रममा ज्यान गुमाउने गरेका छन् । गत साउनयता सातजनाको ज्यान गइसकेको छ । हिउँदमा पशुचौपायालाई खुवाउन खर फागलाबाट काटेर थुप्रो बनाउने चलन छ ।
यो पनि :-
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूले दैनिक २÷३ किलो गाली खाने गरेको बताएका छन् । शनिबार तेलंगानाको एक कार्यक्रममा उनले आफूलाई दैनिक गालीहरु आउने गरेको ती गालीलाई आफ्नो शरीरले पोषणमा परिणत गर्ने गरेका बताए ।
भाजपा कार्यकर्तालाई सम्बोधन गर्दै मोदीले आफ्नो शरीरले गाली प्रशोधन गर्ने गरेको बताए । उनले भने, “मानिसहरूले सोध्छन्– मोदीजी तपाईँ थाक्नुहुन्न ? त्यसैले म भन्छु कि भगवानले मेरो शरीरमा यस्तो संयन्त्र बनाएको छ कि गाली प्रशोधन हुन्छ र पोषणमा बदलिन्छ ।”
निराशाका कारण केहीले बिहान बेलुका आफूलाई गाली गर्ने गरेको मोदीले बताए । उनले आफूलाई गाली गर्न पूरै शब्दकोश प्रयोग हुने गरे जिकिर गरे । उनले आफ्ना विरोधीसँग गाली गर्नुबाहेक केही बाँकी नरहेको बताए ।
विगत २०-२२ वर्षदेखि आफूले विभिन्न किसिमका गाली खाँदै आएको मोदीको बताएका दैनिक भास्करले लेखेको छ ।
यो पनि पढ्नुहोस् :
काठमाडौं -नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कपनस्थित खहरे खोलाको समस्या दुई वर्षभित्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।काठमाडौँ क्षेत्र नं ४ बाट लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा