काठमाडौँ – सिके राउतको जनमत पार्टीले प्रदेशसभामा अर्को जित निकालेको छ । सप्तरी–२ को प्रदेशसभा क्षेत्र नम्बर १ मा जनमत पार्टीका सतिश कुमार सिंह विजयी भएका छन् ।
उनले १६ हजार ७३४ मत ल्याएर विजयी भएका हुन् । जनता समाजवादी पार्टीका शैलेन्द्र प्रसाद साहलाई पराजित गरेका हुन् । साहले जम्मा ८ हजार २९२ मत पाएका थिए ।
यस्तै तेस्रोमा लोसपाका सरोज कुमार मण्डलले ६ हजार १३२ मत पाए । यसअघि प्रदेशसभा २ बाट जनमतकै महेश प्रसाद यादव विजयी भएका थिए ।
सप्तरी २ को प्रतिनिधिसभातर्फको मतगणनामा पनि जनमतकै सीके राउतले फराकिलो अग्रता बनाएका छन् ।