एक खेल नखेली बेन्जिमा बन्न सक्छन् विश्वकप विजेता, कसरी ?

Spread the love

दोहा: बालन डी’अर विजेता करिम बेन्जिमाले हालसम्म विश्वकपमा पाँच खेल खेलका छन्। ती सबै सन् २०१४ मा ब्राजिलमा भएको २०औं विश्वकपमा थिए। ती सबै खेलमा बेन्जिमा पहिलो रोजाईमा थिए।

त्यसपछि म्याथ्यु भालबुएनासँग ‘ब्ल्याकमेल’को मुद्दाका कारण बेन्जिमाले चार वर्षअघि रूसमा भएको विश्वकप गुमाएका थिए। विश्वकप सुरु हुन करिब एक महिना अगाडि बालन डी’अर जितेका बेन्जिमा जारी विश्वकपमा प्रभावशाली प्रदर्शनको आसमा थिए।

यद्यपि, विश्वकपको तयारीकै क्रममा घाइते भएपछि बन्जिमाले हालसम्म विश्वकपका सबै खेल गुमाएका छन्।

बेन्जिमा र हर्नान्डेज अझै टिममा

एक खेलमा पनि नदेखिएका बेन्जिमा र विश्वकप कै दौरान घाइते भएका लुकास हर्नान्डेज अझै फ्रान्सेली टिममा छन्। घाइते भए पनि टिममा प्रतिस्थापन नगरिएका बेन्जिमा प्रक्रियागत रूपमा फ्रान्सेली विश्वकप टिमका सदस्य हुन्।

यदि, सन् २०१८ को सफलता दोहोर्याउन सके बेन्जिमाले पनि मेडल लगाउन पाउनेछन्।