श्रीमतीसँगको झगडामा श्रीमानले २ वर्षे छोरालाई छतबाट फाले

Spread the love

दिल्ली । छिमेकी मुलुक भारतको राजधानी दिल्लीमा श्रीमतीसँगको झगडामा श्रीमानले आफ्नै छोरालाई छतबाट फालेका छन् ।

२० वर्षीय ती युवकले आफ्नै २ वर्षीय छोरालाई छतबाट फालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हिन्दुस्तान टाइम्सका अनुसार रक्सी खाएर श्रीमतीसँग झगडा गर्दा सो घटना घटेको हो । घाइते बालकको अहिले उपचार भइरहेको छ । रिपोर्टका अनुसार श्रीमान् श्रीमतीबिच सम्बन्धमा खटपट आएसँगै श्रीमती केही समय देखी आफ्नी हजुरआमाको घरमा बस्दै आएकी थिइन् ।

रक्सीले मातेका श्रीमान् शुक्रवार श्रीमती बसेको घरमा पुगेर झगडा सुरु गरेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस् :
नेपाली हल्लुड र fifa 2022 world cup को लोगो मिल्दो जुल्दो रहेको नेपालीहरुको बुझाई छ ! यसो हेर्दा नेपाली छालाको गोरु जोत्नको लागि जुवामा प्रयोग गरिने हल्लुड र fifa world cup ko लोगो उस्तै उस्तै रहेको मा यसलाई संयोग मात्रै मान्य हुने छ । किन कि फिफाले आफ्नो तरिका बाट लोगो बनाउने क्रममा नेपाली हल्लुड संग मेल खान गएको थियो ।

यस बिषय बारे लियेर fifa world cup लाई कुनै किसिमको नराम्रो टिप्पणी लिन हुदैन् । यो पनि करिब ५ बर्ष देखि अलपत्र रहेको भरतपुर महानगर स्थित कचपचे चोक देखि धर्मचोक हुदै बेलचोक सम्मको सडक काम अहिले तिब्र गतिमा चलेको छ । रवि लामिछाने शनिबार स्थानीयको सडकको समस्यालाई समाधान गर्न फिल्डमै उत्रिएका थिए ।

लामिछाने आएर ठेकदारलाई छिटो काम सक्न सचेत गराएपछि अहिले तिब्र गतिमा काम सुरु भएको छ । सभापति लामिछानेले निर्माणको ठेक्का पाएको कम्पनी रमन शिवशक्ति जेभीका व्यवस्थापक राजु थपलिया र इन्जिनियर रञ्जन ठाकुरलाई आफ्नै मुखबाट माइकमा बोल्न लगाएर आइतबारदेखि नै काम गराउने प्रतिवद्धता गराएपछि धमाधम काम सुरु भएको हो ।

यो मंसिर भित्र सबै काम सकिन्छ, निर्वाचनलगायतका विभिन्न कारणले ढिलाई भएको हो अब हुँदैन’–थपलियाले भने । यो सडकको काम सम्पन्न नहुदा स्थानीयबासि आक्रोसित बनेका थिए । उनीहरु पटक पटक आन्दोलन गरेर मेयर सम्म पुग्दा पनि उक्त सडकको काम हुन् सकेन । लामिछानेले ठेकदार कम्पनिलाई केहि सहयोग चाहिने भए आफुले गर्ने पनि बताएका छन ।

यस्तै भरतपुर महानगरपालिकाकि मेयर रेणु दहालले भने ठेकदारलाई काम सक्न बारम्बार आग्रहगर्दा पनि ठेकदारले वेवास्था गरेको बताएकी थिइन् । महानगरीय रिंग रोड तथा लिंक रोडको प्याकेज नं २ अन्तर्गत सुरु गरिएको सो सडकको मर्मतको कार्य २०७७ आषाढ मसान्तभित्रै सक्नुपर्ने भए पनि कोरोना महामारीका कारण सरकारले नै ठेकेदारलाई २०७७ पुस मसान्तसम्म म्याद थप गरेको थियो ।

तर पनि ठेक्का पाएको कम्पनीले ढिलासुस्ती गरिदिँदा सडकको मर्मत कार्य कहिले सकिने हो भन्ने अझै अन्यौल छाएको छ ।

‘१० लाखको माया महँगो भयो नि, सोल्टी बजारमा’ लाइभ दोहोरी गीत विवादमा परेपछि बालगायिका कमला घिमिरेले माफी मागेकी छन्। सुमन परियारसँग मिलेर गाएको उक्त गीतलाई हटाउनुपर्नेभन्दै आलोचना भएपछि गायिकाले माफी मागेकी हुन्।

गीतका शब्द र टुक्का नाबालिका बलात्कार घटनामा पीडितसँग मिलाइएको छ। अभिनेता पल शाह र क्रिकेटर सन्दीप लामिछानेविरुद्ध पीडितले लगाएको जबरजस्ती करणी र बलात्कारको आरोपका घटनासँग मिलेका छन्।

त्यसप्रति आलोचना भएपछि फेसबुकमार्फत गायिका कमलाले बहिनी र छोरी सम्झिएर आफूलाई माफी दिन आग्रह गरेकी छन्। उनले कुनै प्लान गरेर डलरकै लागि भनेर, कसैलाई बर्बादै पार्ने गरी नगाइएको प्रस्टीकरण समेत दिएकी छिन्।

नाबालिग बलात्कारको विषयलाई मजाक बनाएपछि विवादमा कमला

प्रत्यक्ष लोकदोहोरी ‘छहारी बजारमा’ सुमन परियारसँग गाएको गीतका कारण कमला घिमिरे विवादमा परेकी छन् ।

छहारी युट्युब च्यानलले ५ दिनअघि युट्युबमा अपलोड गरेको यो दोहोरीका टुक्काहरु टिकटक लगायत सामाजिक सञ्चालमा भाइरल भइरहेका छन् ।

कतिपयले गीतमा रहेको गायिका घिमिरेको स्वरको तारिफ गरेका छन् भने धेरैले गीतमा पछिल्ला चर्चित स्क्याण्डल मसलाको रुपमा प्रयोग भएको भन्दै आलोचना गरेका छन् ।

यो दोहोरीमा कसलाई निशाना बनाइएको हो भन्ने बुझ्न कठिन छैन । खासगरी १० लाख वाला टुक्काले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ ।

कतिपयले समीक्षा अधिकारीलाई चोट दिएको भन्दै सामाजिक सञ्जाल मार्फत गीत बहिष्कारको माग गरेका छन् । सर्वसाधारणले मात्र होइन, लोकदोहोरी क्षेत्रका कलाकारले पनि कमलाले यस्तो गीत गाउनु र गाउन लगाउनु गलत भएको भन्दै प्रतिक्रिया दिएका छन् ।