जेरिले भाबुक हुँदै भनिन् – छोरीले अझै बाबा खोज्दै बाबाकै भिडियो हेर्छिन

Spread the love

नेपाली लोकसंगीत क्षेत्रको लोकप्रिय नाम हो बबिता बानिया अर्थात जेरी । उनि केहिसमय पहिले घरायसी मनमुटावका कारण संकर छेत्रीसंग डिभोर्ससम्म पुग्नु परेको थियो । यो जोडीले ५ बर्ष लामो प्रेम २०७६ माघ २१ गते विवाहमा परिणत गरेका थिए ।

उनीहरूले पाँच वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । तर, विवाहपछि सम्बन्ध सुमधुर हुन सकिरहेको थिएन । जेरी र शंकरबाट दुई वर्षकी एक छोरी छिन् ।अहिले छोरीले अझै बाबा खोज्छिन, बाबाकै भिडियो हेर्छिन भन्दै जेरी भन्छिन । विवाहको करिब ६ महिनापछि नै छोरी जन्मिएकी थिइन् ।

डिभोर्सपछि छाेरी जेरीसँग रहने गरी समझदारी भएको थियो । आवश्यकता परेको र चाहेको बेलामा बुबाले छोरीलाई भेट्न सक्ने उनीहरूको डिभोर्स फाइलमा उल्लेख छ । केहिदिन अगाडी जेरी छोरीकै निम्ति भए पनि यो सम्बन्धलाई टिकाउने अनेकन प्रयासमा थिइन् ।

अझै पनि शंकरको मन फर्किए सम्बन्धलाई निरन्तरता दिन उनी इच्छुक रहने संभावना रहेको जेरिले बताएकी थिइन् तर खासमा डिर्भोस चाहाने गायिका जेरी भन्दा पनि पति शंकर कै कारण सम्बन्धविच्छेद हुन् पुगेको केहि सामाजिक संजालमा भाइरल हुँदै गरेका भिडियोले बताइरहेको थियो ।

आफ्नी छोरीलाई संसारकै सबैभन्दा भाग्यमानी सोच्थे तर आज आफ्नै छोरी जति अभागी संसारमा कोहि छैन होला भन्दै भक्कानिइन उनि । बाबासँगै बसेर पनि आफ्नी छोरीले बाबुको माया भने नपाएको उनको गुनासो छ । जेरीले मुटु जोगाउनकै लागि मुटुमा बसेको मान्छेलाई हटाउनु परेको थियो ।