गित बनाउनु गलत कमलालाई गाली गर्नु पनि गलत हो – बद्री पंगेनी

Spread the love

काठमाडौँ / बाल गायिका कमला घिमिरेले गाएको एउटा लाइभ दोहारीको विषय पछिल्लो केही दिन एता चर्चामा रहेको छन् । गीतलाई कतिले प्रशंसा गरे भने कतिले पीडितलाई थप पीडा

थप्ने खालको भएको भन्दै आलोचना गरे ।गीत विवादास्पद र आलोचित बनेपछि बाल गायिका घिमिरेले फेसबुकमार्फत बहिनी र छोरी सम्झिएर आफूलाई माफी दिन आग्रह समेत गरिसकेकी छन् ।

यद्यपि, उक्त दोहोरीलाई लिएर हुने तर्क-वितर्कहरु सेलाएको छैन ।यसै सन्दर्भमा चर्चित लोकगायक बद्री पंगेनीले दोहोरीमा त्यसप्रकारको विषय बनाउनु राम्रो नभएको प्रतिक्रिया दिएका छन् ।

‘जुन विषय बनाएर गाइयो, त्यो गलत थियो ।चोट भोग्नेहरूले भोगिरहेको छ त्यसमाथि फेरि नुन–खुर्सानी छर्किनुपर्ने कारण छैन । अरु थुप्रै विषयहरू छन् त दोहोरी गाउन’, पंगेनीले भनेका छन्,

‘जसले त्यो विषय बनाएर गाउन लगाउनुभयो,उहाँहरुले गलत गर्नुभयो भन्छु ।’उनले उक्त विषयमा बाल गायिका घिमिरेलाई गाली गर्नु पनि गलत भएको बताएका छन् ।

‘त्यो विषय बनाउनु पनि गलत । कमलालाई गाली गर्नु पनि गलत हो’एक भिडियो कुराकानीमा पंगेनीले भनेका छन्, ‘कमला त बालिका हो नी । म अहिले त कतिपय

ठाउँमा बोल्दा बिराउँछु, गाउँदा बिराउँछ । कहिलेकाँही निर्णय लिँदा गलत निर्णय लिन्छु ।’उनले बालगायिका घिमिरेले माफी माग्दासमेत

गाली गरिरहनु राम्रो नभएको बताएका छन् ।उनले त्यस्ता विषयवस्तुहरुमा बालबालिकालाई प्रयोग नै गर्नु गलत भएको बताए ।