प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा नेपाली कांग्रेसकी समानुपातिक सांसद आरजु राणा देउवाले नयाँ सरकारको प्रधानमन्त्री शेरबहादुर देउवा नै बन्ने बताएकी छन्। आइतबार निर्वाचन आयोगमा निर्वाचित भएको प्रमाणपत्र लिन पुगेकी राणाले त्यस्तो बताएकी हुन् । उनले कांग्रेस ठूलो पार्टी भएकोले पनि सरकारको नेतृत्व कांग्रेसले नै गर्ने र देउवा प्रधानमन्त्री बन्ने बताइन् ।
जितेर आएकाहरूले दाबी गर्नु स्वाभाविक भएको बताउँदै उनले भनिन्, ‘जो जो आफ्नो–आफ्नो दलबाट जितेर आउनुभएको छ, उहाँहरूले दाबी गर्नु स्वाभाविक नै हो । मलाई ज्योतिषी ज्ञान आउँदैन। तर, अहिले हेर्दा शेरबहादुरजी नै हुनुहुन्छ जस्तो लाग्छ। ठूलो दल पनि हाम्रै छ।’
यो पनि पढ्नुहोश:नेकपा माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठक पार्टी मुख्याललय पेरिसडाँडामा जारी छ । केहीबेर अघिबाट सुरु भएको बैठकमा सत्ता समीकरणबारे छलफल भइरहेको छ ।
जारी छलफलसँगै बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संसदीय दलको नेता चयनलगायतका बारेमा पनि छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।
पदाधिकारी बैठकमा प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई पनि बोलाइएको छ । बैठकका क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनिर्वाचित सांसदलाई बधाई दिने कार्यक्रम रहेको छ ।
माओवादी केन्द्रले समानुपातिक सांसदले निर्वाचित भएको प्रमाणपत्र लिएपछि दलको नेता चयन गर्ने तयारी गरेको थियो । निर्वाचन आयोगले आज प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित सांसदलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ । प्रतिनिधिसभामा माओवादीको प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ १४ गरी ३२ सांसद छन् ।