काठमाडौं। अर्जेटिनी फुटबल टीमको फ्यान पेजले आफ्नो आधिकारिक ट्वीटर पेजबाट एउटा भिडिओ रिट्वीट गर्यो। बङ्गलादेशका जनताले अर्जेन्टिनाको जितमा खुसीयाली मनाइरहेको दृश्य सो भिडिओमा कैद थियो।
उक्त पेजले भिडिओ सेयर गर्दै बङ्गलादेशी समर्थकलाई धन्यवाद दिएको छ। उक्त ट्वीटरमा भारत, पाकिस्तान र भारतकै एउटा राज्य केरलालाई पनि सम्बोधन गरिएको छ। ‘धन्यवाद बङ्गलादेश। धन्यवाद केरला, भारत, पाकिस्तान। तपाईँहरूको समर्थन गज्जबको थियो।’ टिमले भनेको छ।
तर, यसरी भारतको एउटा राज्यसम्मलाई धन्यवाद दिँदा नेपाललाई सम्बोधन गरिएन। जबकि नेपालमा अर्जेन्टिना र लियोनल मेस्सीका लागि निकै ठूलो समर्थन थियो। विश्वकप फाइनलमा अनुमानित ७५ प्रतिशतभन्दा बढीले अर्जेन्टिनाको समर्थन गरेका थिए।
तर, आफूहरूलाई नसम्झिएको भन्दै नेपाली फ्यान अहिले रुष्ट बनेका छन्। उक्त ट्वीटमा नेपालमा अर्जेन्टिनाको जितको खुसी मनाइएको भिडिओ पनि उनीहरूले पोस्ट गरेका छन्।
केरला किन सम्झियो?
केरला भारतकै राज्य हो। टिमको ट्विटमा भारत उल्लेख भइसकेपछि केरलालाई किन छुट्टै धन्यवाद दिइयो भन्ने पनि कौतुहल छ। भारतमा फुटबल पहिलो प्राथमिकताको खेल होइन। भारतका अधिकांश स्थानहरूमा क्रिकेट सर्वाधिक लोकप्रिय छ । फुटबललाई भारत सरकारले पनि उति प्राथमिकता दिँदैन।
तर, केरला भने फुटबल प्रेमीहरूको राज्य हो। अरू राज्यभन्दा भिन्न यहाँ क्रिकेटभन्दा फुटबल लोकप्रिय छ। सबैभन्दा बढी लियोनल मेस्सीकै समर्थक छन्। त्यसैले अर्जेन्टिनाको जितपछि यहाँ निकै ठूलो उत्सव मनाइएको थियो। यसबारे जानकार भएर नै टिमले केरलालाई छुट्टै धन्यवाद दिएको बुझिन्छ।
हेर्नुहोस यो Twiter Vidieo
Thank you Bangladesh 🤩
Thank you Kerala, India, Pakistan. Your support was wonderful! https://t.co/GvKwUP2hwJ— 🇦🇷 Selección Argentina ⭐⭐⭐ (@Argentina) December 19, 2022