नीता ढुंगाना चलचित्र र म्यूजिक भिडियोमा व्यस्त रहने नायिका हुन् । पछिल्लो समय बिवाह र स्वास्थ्य मा समस्या आएका कारण तेत्ति बाहिर आएकी छैनन । तर पनि उनि सामाजिक सन्जालमा निकै सक्रिय हुने गर्छिन । नीताको क्रेज चलचित्र क्षेत्रमा उचाइका पनि पुग्न सकेको छैन भने उनी हराएकी पनि छैनन् ।
नायिका ढुंगाना मिहिनेत गर्दै जाँदा कुनै न कुनै दिन प्रतिफल मिल्ने बताउँछिन् । अहिले सामाजिक सञ्जालले कलाकार लगाएत सबैलाई सहज बनाएको छ । प्रविधिले उपलब्ध गराएको प्लेटफर्म अझ कलाकारहरूले भरमग्दुर प्रयोग गरिरहेका छन् । जसमा नायिका नीता ढुंगाना पनि पर्छिन् । निकै सुशील र व्यावसायिक मानिने नीताको सामाजिक सञ्जालमा राम्रो पकड छ ।
उनी यसमा केही न केही लेखिरहेकी हुन्छिन् ।केही समयअघि ज्योतिष हरिहर अधिकारीसँग विवाह बन्धनमा बाँधिएकी नीताले दार्शनिक लय समातेर सोमबार एउटा स्ट्याटस पोस्ट गरेकी छन् । जसको सार सम्पन्नता भन्दा अभाव र संघर्ष नै प्यारो हुन्छ भन्ने छ ।
अक्सर मानिस भरिपूर्ण हुन चाहन्छन् । तर नीताको विचारमा भरिनु उचित होइन किनभने भरिँदा नयाँका लागि ठाउँ नै रहन्न । त्यसैले जीवन टिलपिल भरिएको भन्दा अलिकति खाली रहेकै जाती हुन्छ ।‘अलिकति त रित्तिनु नै राम्रो, भरियो भने केहीका लागि ठाउँ नै रहन्न,’ नीता भन्छिन् ।
समस्यासँग नभाग्न अनि असफलताबाट नबिच्किन पनि नीताको सुझाव छ । यस्ता समस्याले सफलताको स्वाद चखाउने भएकाले यिनले घोचेको नै ठीक हुन्छ ।‘अलिकति त असफलताले घोचेको च्वास्स पनि ठिक, जसले सफलताको स्वाद चिन्न सघाउँछ अलिकति विवशताले कठालो समातेकै बेस् ।
नीताले कुनै समस्यासँग जुध्न साहस जुटाएकी होलिन् कि बसिबियालो मात्र गरेकी होेलिन् ? या समस्या र अभावमा जुधेकालाई साहस जुटाउन ढाडस ? कतिपयले उनको यो स्टाटसलाई हरिहरसँग खटपट आएको हुन् सक्ने समेत अनुमान गरेका छन । दिक्दारिँदा वा सम्बन्धमा खटपट आउँदा पनि कलाकारले फेसबुकलाई मन बहलाउने मेलो बनाउने गरेका छन् ।