कृष्ण कँडेलले सचिनको उपचारको लागि ५० हजार हस्तान्तरण गरे

Spread the love

बाल कलाकार सचिन परियारको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन्।अहिले उनको काठमाडौंस्थित टिचिङ अस्पतालको आईसीयूमा उपचार भैरहेको छ। सचिन बोल्न नसक्ने अवस्थामा रहेको उनलाई भेट्न अस्पताल पुगेका कलाकारले बताएका छन्।

आर्थिक अवस्थाका कारण उनको उपचारमा समस्या आएको उनकी आमाले बताएकी थिइन्। अहिले कलाकारहरु सचिनको उपचारका लागि आर्थिक सहयोग जुटाउन लागिपरेका छन्। सञ्चारकर्मी सहित अस्पताल पुगेका कलाकारले उनकी आमालाई आर्थिक सहयोग गर्ने वचन दिइरहेका छन्।

लाइभ दोहोरी कार्यक्रम ‘इन्द्रेणी’का सञ्चालक कृष्ण कँडेलले अस्पताल पुगेर सचिनकी आमालाई ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन्। अस्पताल पुगेका कलाकारहरूले उपचार खर्च जुटाउन पहल समेत गरिरहेका छन्।

अस्पतालमा सचिनको रेखदेख गरिरहेकी उनकी आमाले उपचारमा सघाउन अपील गरेकी छिन्। परिवारको कमजोर आर्थिक अवस्था भएका कारण उनलाई अनामनगरस्थित एक स्कूलले होस्टेलमा राखेर निशुल्क पढाउँदै आएको थियो।

अचानक बिरामी परेपछि उनलाई बिहीबार अस्पताल भर्ना गरिएको बताइएको छ। सामाजिक सञ्जालमा भाइरल भएका सचिनले केहि समय गीत गाउनेदेखि म्यूजिक भिडिओमा अभिनय गर्ने काम गरे। तर उनी पछिल्लो समय गुमनाम जस्तै थिए।

यो पनि पढ्नुहोश:जनकपुरधाममा चिकित्सकको लापरबाहीले एक वृद्धाको ज्यान जोखिममा परेको परिवारजनले आरोप लगाएका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ मा डा. शैलैन्द्र मिश्राले सञ्चालन गरेको जनकपुर हेल्थ क्लिनिकमा उपचारको क्रममा ७० वर्षीया अनारोदेवीलाई चेकजाँचमा लापरवाही गर्दै डा. मिश्राले ८ वटा इन्जेक्सन लगाएपछि उनको अवस्था थप जटिल बनेको आरोप लगाइएको हो ।

डा. मिश्राले इन्जेस्कन लगाएको केही घण्टा नबित्दै अनारोदेवीको शरीरको छाला जलेर घाउ भएको छ । अहिले उनको जनकपुर ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । डा. मिश्रालाई अनारोदेवीका छोरा परमेश्वर साह सुडीले फोन गरेर गलत उपचार किन गरेको भन्दै गुनासो गर्दा उल्टै धाकधम्की दिएको जानकारी दिए ।

डा. मिश्राले हस्पिटलमा अनारोदेवीलाई भर्ना गराएको थाहा पाएलगत्तै हस्पिटलमा आएर उनले आफ्नो नीजि क्लिनिकमा गरेको स्वास्थ्य उपचारको सम्पूर्ण रसिद र डकुमेन्टहरु चोरी गरेर लगेको उनले आरोप लगाए ।

जनकपुर ग्राण्डी अस्पतालका व्यवस्थापक विनोद कुमार महराले अनारोदेवी सिकिस्त अवस्थामा उपचारका लागि भर्ना भएपछि गलत ढंगले उपचार भएको देख्दा आफूहरुले इमर्जेन्सीमा भर्ना गरि तत्काल उपचार सुरु गरेको बताए ।

यता डा. शैलेन्द्र मिश्राको लापरवाहीले गर्दा ज्यान नै जोखिममा परेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा पीडित परिवारजनले जाहेरी दर्ता गराएका छन् । यता, यस घटना सम्बन्धी छानविन भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएपनि पीडितको तर्फबाट अहिलेसम्म जाहेरी भने दर्ता नगरिएको जनाएको छ ।

पीडित परमेश्वर साहले क्षतिपूर्तीसहित गलत उपचार गर्ने चिकित्सक डा. शैलेन्द्र मिश्रालाई कारवाही गर्नुपर्ने माग गरेका छन् । उनले आफ्नो आमालाई डा. शैलेन्द्र मिश्राले गतल इन्जेकसन लगाएकोले उनको पूरा शरीरमा घाउ भएको दाबी गरेका छन् ।