भोजपुर जन्मघर भएकी हाल काठमाण्डौको पेप्सीकोला बस्ने गरेकी खुस्सी भट्टराई यतिबेला सामाजिक सञ्जाल टिकटकमा निकै भाईरल भएकी छिन्। उनी पढाइको सिलसिलामा आफ्नु जन्म घर भोजपुर छोडेर काठमाण्डौं आएकी थिइन्।
उनको भिडियोहरु निकै चर्चाको विषय बनेको छ खुसी भट्टराईको। उनको हट टिकटक यतिबेला भाईरल भएको पाइन्छ। उनी आफ्नु बाहिरी मुलुक जानको प्रक्रियाको लागि काठमाण्डौं आएकी रहेछिन्।
खुसी भट्टराईलाई उनको रेलेशनशिपको बारेमा सोध्दा उनले भने आफ्नो कुनै पनि ब्वाइफ्रेन्ड नभएको बताएकी छिन्। तर आश्चर्यको कुरा के हो भने उनले आफू भर्जिन पनि नरहेको बताए पछि
अन्तरवार्ता लिने मान्छे हाँसेको हासै हुन्छन्। उनले आफूले खोजेको जस्तो मान्छे नभेटेको भएर नै अहिले सम्म सिंगल भएको बताउँछिन् खुसी। उनी यसो भन्छिन्,’ म भर्जिन पनि छैन अनि सिंगल पनि छैन।’ उनले भर्जिनिटी को कुरालाई एकदमै सरल रूपमा लिइने गरेकी रहेछिन्।
यो पनि पढ्नुहोस
यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ ।
भने टप १० लेखलाई अर्को शनिबार हाम्रो नयाँ शृंखला शनिबार विशेषमा प्रकाशित गर्नेछौ । नेपालको संविधान-२०७२ बमोजिमको संघीय तथा प्रादेशिक निर्वाचन आउन अब धेरै पर छैन । आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चा हुन थालिसकेको छ ।
गत निर्वाचनको भन्दा यसपालिको परिदृश्य निकै फरक छ । गत चुनावमा स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (माओवादी)को गठबन्धन थियो । एमाले पार्टी एक्लै र एकताबद्ध थियो । नयाँ दलहरूलाई भिन्नै निर्वाचन चिहृन दिइएको थिएन ।
तथापि उपत्यकामा विवेशकील र साझा पार्टीका स्वतन्त्र मेयर उम्मेदवारले उल्लेखनीय मत हासिल गरेका थिए । आम चुनावमा यी दुई पार्टी एक भए । प्रत्यक्षतर्फ जित्न र संघीय थ्रेसहोल्ड काट्न नसके पनि विकेकशील साझाले वागमतीमा प्रादेशिक थ्रेसहोल्ड काटेको थियो ।
अबको संघीय तथा प्रादेशिक निर्वाचनमा आर्थिक घोटालामा नमुछिएको, सामाजिक रूपमा विभेद नगर्ने, असहिष्णुता फैलाउने गतिविधिमा संलग्न नभएको, अशक्त, अपांग, महिला, अशिक्षित, गरिब, बेरोजगारजस्ता पिछडिएका वर्गप्रति सद्भाव, सम्मान, सहानुभूति राख्ने उम्मेदवारलाई प्राथमिकता दिनैपर्छ।
काठमाडौं। नेपाली राजनीतिमा अस्वस्थ प्रतिष्पर्धा र त्यसमा एकले अर्कोलाई धोका दिएर सत्ता प्राप्त गर्ने र सत्ता गुम्ने खेलले विगत केही बर्षदेखि तीब्रता पाउँदै आएको छ।
सत्ता गठबन्धनमा आम चुनावमा विजयी भएर विपक्षी एमालेसँग नयाँ सत्ता गठबन्धन बनाउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको हर्कत यसको पछिल्लो उदाहरण हो।
यो कदमले शरीरले थेगुन्जेल मुलुकको सत्ताभोग गर्ने बृद्ध कांग्रेस नेता शेरबहादुर देउवाको सत्ता खोसिएको छ। यसका लागि जिम्मेवार को को छन् त? धोखाधडी को को बाट भयो ? अर्थात् धोकेबाजहरु को को हुन् ?
यी नेपाली राजनीतिका रमाइला प्रश्न हुन् र यिनको उत्तर खोज्दा मुलुकले अंगिकार गरेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यबस्थाको पनि धज्जी उडेको छ।
सत्ता गुमेको झोंकमा देउवापक्षीय कांग्रेसहरु नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धोकेबाज भएको आरोप लगाउन थालेका छन्। प्रचण्डले निर्वाचनताका कांग्रेसका नेता कार्यकर्तामात्र होइन समर्थक शुभेच्छुकहरु समेतलाई आश्वस्त पार्दै गठबन्धन अरु दश बीस बर्ष चल्ने बताएर भोट मागेका थिए।
एमाले अध्यक्ष ओलीमाथि गालीका बर्षा छरेर प्रचण्डले कांग्रेसी मन जितेका पनि थिए र नेकपामा बिलयपछि छुट्टिनुपर्दाको पीडादायी समयमा पनि कांग्रेसको साथ पाएर निरन्तर सात्ताको भाग र चुनावमा भोट पाए।
वास्तवमा भन्नुपर्दा कांग्रेस पार्टीका लागि भनेर हिजो आफूलाई मार्न आउने, खुट्टा भाचिदिने, तास कोच्याइदिने, आफन्तहरु मारिदिने क्रुर माओवादी र तिनका नेतालाई कांग्रेसजनले हसिया हथौडामा भोट हालेर प्रचण्ड र उनको पार्टीका १८ जनालाई संसदमा पुर्याएका थिए।
यो हिसावले प्रचण्ड कांग्रेसी नेता कार्यकता, समर्थक र शुभेच्छुकहरुका नजरमा अहिले ठूलो धोकेवाज हुन्। उनले आफूलाई प्रधानमन्त्री ओलीसँग साँठागाँठ गरेका छन्।
जुन राजनीतिक अडानका हिसावले अपवित्र छ, अवसरवादी छ, पदलोलुपतापूर्ण छ र उनको यो कदमभित्र निर्लज्जता पनि छ। तर, प्रचण्डमात्र निर्लज्ज धोकेवाज हुन् त ? अवश्य होइनन्।
ओलीलाई सत्ताबाट मुन्ट्याएर बालकोटको बार्दलीमा पुर्याउनेमा छिमेकी मुलुक भारतसहितको साथमा देउवा, प्रचण्ड र माधव नेपाल थिए। त्यसबेला नै बनेको गठबन्धनका बेला प्रधानमन्त्री पदमा आलोपालो गर्ने सहमति भएको सार्वजानिक भएको कुरा बाहिरिएको थियो।
स्वयं देउवाले पनि सो कुरा स्वीकारेका थिए। अहिले चुनावपछि प्रचण्डले सो सहमती कार्यान्वयनको दावी गरे। तर देउवाले सुन्नै चाहेनन् बरु राष्ट्रपति पद पनि कांग्रेसले नै लिने र प्रचण्डको भागमा उपराष्ट्रपति र सभामुख पद छुट्याइदिए।
पाँच बर्षलाई दुई कार्यकाल भाग लगाउदा दोस्रो कार्यकालका लागि पनि देउवाले लिखित प्रतिबद्धता जनाउन मानेनन्। माओवादीका लागि यो देउवाले दिएको धोका थियो। यो धोकाको बदला प्रचण्डले देउवालाई सत्ताच्युत गरेर देखाइदिए र आफैं सत्तारोहण गर्न पुगे।
यदि देउवाले पार्टीभित्र युवा पुस्तालाई अघि सारेको भए राजनीति अर्कै लाइनमा पुग्न सक्थ्यो तर पार्टीभित्रको युवापुस्ता निराश बनेको अवस्था छ यतिबेला कांग्रेसभित्र र देउवा सत्ताच्युत हुनुपर्दा खुच्चिंग गरेर बसेको छ।