गायक सुनिल गिरीको जुम्ला बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गायक गिरीको । भिडियो प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर शाही र डडेलधुराबाट प्रतिनिधिसभा उम्मेदवार बनेका सागर ढकालले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।
उक्त कार्यक्रममा मिस पबि र सागर ढकालको प्रेम बारे चर्चा पनि चल्यो उक्त कुरालाई मिस पबीले खण्डन गर्दै केहि नभएको प्रस्ट पारिन । साथै काली भनेर आएका कुराहरुलाई मिस पबिले नकारिन । भनिन त्यो त हेर्ने मान्छेको कुरामा भर पर्ने कुरा हो, म तेस्तो काली पनि छैन मेकअपले गर्दा काली देखिएको हो उनले भनिन ।
हरेक पटक नयाँ र लोभलाग्दो स्थानमा पुगेर नयाँपन सहित म्यूजिक भिडियो ल्याउँदै आएका गायक गिरीले यसपटक जुम्ला नै पुगेर छायांकन गरेको भिडियोमा टिकटक स्टार मिस पवी र रोशन केसीको अभिनय देख्न सकिन्छ । भिडियोमा जुम्लाको स्थानीय रहनसहन, भेषभुषा र एब प्रेमील जोडीको रमाइलो प्रेमको किस्सालाई कलात्मक शैलीमा देखाइएको छ ।
अमन निलसागर र गायक गिरीकै शब्द रहेको गीतको छायांकन बिबेक बिकले गरेका हुन् भने भिडियोको सुम्पादन मनोज कार्कीले गरेका हुन् । शिशिर खातीले निर्देशन गरेको भिडियो सार्वजनिक समारोहमा बोल्दै सांसद शाहीले गायक गिरी र उनको टिमको प्रशंसा गरे । उनले जुम्ला भिडियोले नेपालको दुर दराजको सुन्दरताको वर्णन गरेको बताए । त्यस्तै ढकालले आँफुले नजिकबाट निहालेको जुम्लालाई म्यूजिक भिडियोमा ।
देख्न पाउँदा खुशी लागेको बताए । त्यस्तै सर सफाई अभियन्ता केपी खनालले जुम्ला गीत भित्र देश र भेष भएको बताए । उनले भिडियोले नमुना गाउँ देखाउने जुम्ला टिमको खुलेर प्रशंसा गरे ।
यो पनि पढ्नुहोला :
काठमाडौं। नेपाली राजनीतिमा अस्वस्थ प्रतिष्पर्धा र त्यसमा एकले अर्कोलाई धोका दिएर सत्ता प्राप्त गर्ने र सत्ता गुम्ने खेलले विगत केही बर्षदेखि तीब्रता पाउँदै आएको छ।
सत्ता गठबन्धनमा आम चुनावमा विजयी भएर विपक्षी एमालेसँग नयाँ सत्ता गठबन्धन बनाउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको हर्कत यसको पछिल्लो उदाहरण हो।
यो कदमले शरीरले थेगुन्जेल मुलुकको सत्ताभोग गर्ने बृद्ध कांग्रेस नेता शेरबहादुर देउवाको सत्ता खोसिएको छ। यसका लागि जिम्मेवार को को छन् त? धोखाधडी को को बाट भयो ? अर्थात् धोकेबाजहरु को को हुन् ?
यी नेपाली राजनीतिका रमाइला प्रश्न हुन् र यिनको उत्तर खोज्दा मुलुकले अंगिकार गरेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यबस्थाको पनि धज्जी उडेको छ।
सत्ता गुमेको झोंकमा देउवापक्षीय कांग्रेसहरु नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धोकेबाज भएको आरोप लगाउन थालेका छन्। प्रचण्डले निर्वाचनताका कांग्रेसका नेता कार्यकर्तामात्र होइन समर्थक शुभेच्छुकहरु समेतलाई आश्वस्त पार्दै गठबन्धन अरु दश बीस बर्ष चल्ने बताएर भोट मागेका थिए।
एमाले अध्यक्ष ओलीमाथि गालीका बर्षा छरेर प्रचण्डले कांग्रेसी मन जितेका पनि थिए र नेकपामा बिलयपछि छुट्टिनुपर्दाको पीडादायी समयमा पनि कांग्रेसको साथ पाएर निरन्तर सात्ताको भाग र चुनावमा भोट पाए।
वास्तवमा भन्नुपर्दा कांग्रेस पार्टीका लागि भनेर हिजो आफूलाई मार्न आउने, खुट्टा भाचिदिने, तास कोच्याइदिने, आफन्तहरु मारिदिने क्रुर माओवादी र तिनका नेतालाई कांग्रेसजनले हसिया हथौडामा भोट हालेर प्रचण्ड र उनको पार्टीका १८ जनालाई संसदमा पुर्याएका थिए।
यो हिसावले प्रचण्ड कांग्रेसी नेता कार्यकता, समर्थक र शुभेच्छुकहरुका नजरमा अहिले ठूलो धोकेवाज हुन्। उनले आफूलाई प्रधानमन्त्री ओलीसँग साँठागाँठ गरेका छन्।
जुन राजनीतिक अडानका हिसावले अपवित्र छ, अवसरवादी छ, पदलोलुपतापूर्ण छ र उनको यो कदमभित्र निर्लज्जता पनि छ। तर, प्रचण्डमात्र निर्लज्ज धोकेवाज हुन् त ? अवश्य होइनन्।
ओलीलाई सत्ताबाट मुन्ट्याएर बालकोटको बार्दलीमा पुर्याउनेमा छिमेकी मुलुक भारतसहितको साथमा देउवा, प्रचण्ड र माधव नेपाल थिए। त्यसबेला नै बनेको गठबन्धनका बेला प्रधानमन्त्री पदमा आलोपालो गर्ने सहमति भएको सार्वजानिक भएको कुरा बाहिरिएको थियो।
स्वयं देउवाले पनि सो कुरा स्वीकारेका थिए। अहिले चुनावपछि प्रचण्डले सो सहमती कार्यान्वयनको दावी गरे। तर देउवाले सुन्नै चाहेनन् बरु राष्ट्रपति पद पनि कांग्रेसले नै लिने र प्रचण्डको भागमा उपराष्ट्रपति र सभामुख पद छुट्याइदिए।
पाँच बर्षलाई दुई कार्यकाल भाग लगाउदा दोस्रो कार्यकालका लागि पनि देउवाले लिखित प्रतिबद्धता जनाउन मानेनन्। माओवादीका लागि यो देउवाले दिएको धोका थियो। यो धोकाको बदला प्रचण्डले देउवालाई सत्ताच्युत गरेर देखाइदिए र आफैं सत्तारोहण गर्न पुगे।
यदि देउवाले पार्टीभित्र युवा पुस्तालाई अघि सारेको भए राजनीति अर्कै लाइनमा पुग्न सक्थ्यो तर पार्टीभित्रको युवापुस्ता निराश बनेको अवस्था छ यतिबेला कांग्रेसभित्र र देउवा सत्ताच्युत हुनुपर्दा खुच्चिंग गरेर बसेको छ।