निर्मला हत्याका चार वर्ष : छोरीको घटना सोच्दासोच्दै बिरामी नै भइन् दुर्गादेवी

Spread the love

काठमाडौं । साउन लाग्नै हुन्न, कञ्चनपुर उल्टाखामकी दुर्गादेवी पन्तलाई पीडाले सताउन थाल्छ । २०७५ साउन १० गतेको त्यो कालो दिनले उनको मानसपटलमा झस्काइरहन्छ ।

आज (मंगलबार) निर्मला पन्तको बलात्कारपछि ह’त्या भएको चार वर्ष हुँदैछ । निर्मलाकी आमा दुर्गादेवीलाई न्याय पाउने आस छैन् । ‘छोरीको हत्यारा पत्ता लाग्ने अब आसै छैन्’, दुर्गादेवीले बनिन्, ‘छोरीको घटना सोच्दासोच्दै टाउको दुख्ने मात्र होइन, नसाको बिरामी नै भइसकेँ । न्याय पाउने आसै मरिसक्यो ।’

निर्मला हत्याको चार वर्ष बितिसक्दा पनि दोषी अझै पत्ता लाग्न सकेको छैन् । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

यो पनि पढ्नुहोस
स्थानीय निर्वाचन परिणामले नेपालका प्रमुख दलहरुमध्ये मुख्य दुई वाम दल एमाले र माओवादीमा गम्भीर छटपटी भइरहेको छ। निर्वाचन परिणामले एमालेलाई गहिरो धक्का दिएका कारण विशादमा डुवेजस्तो प्रतित हुँदैछ।

माओवादीले गत निर्वाचनको भन्दा केही तहमा बढी जित निकाले पनि सन्निकट संघीय निर्वाचनले उसलाई चर्कै बेचैन बनाएको प्रचण्डको दौडधुपले स्पष्ट गरेको छ । स्थानीय निर्वाचनबाट पहिलो दल बनेको र आगामी संघीय निर्वाचनबाट पनि त्यही हैसियत कायम गर्ने मनसुवा पालेको कांग्रेस दुइ वाम दलका क्रियाकलापबाट अत्तालिनु अस्वभाविक होइन ।

तर पनिे नेकाको बलियो आशा के छ भने आगामी चुनाव पनि हालै सम्पन्न स्थानीय चुनावकै जस्तो निरन्तरता हुनेछ, त्यसो भएमा प्रचण्डको कुनै बेलाको चर्चित भनाई ‘ढाडमा टेकेर टाउकोमा हान्ने‘ नीति अनुसार देउवाले प्रचण्डको ढाडमा टेकेर ओलीलाई हिर्काउन सफल हुनेछन् । ओलीले पाएको चोटबाट प्रचण्डले सन्तोष लिनुपर्ने वाध्यता नेपाली अग्रगामी राजनीतिको दुःखद विडम्वना हो ।

त्यसैगरी ओलीले प्रचण्डको ‘पत्तासाफ‘मा विजयी ठान्ने जस्तो दुर्दान्त राजनीतिक जमिनले नेपालकै भूसतह अरुकसैका लागि दुरुपयोग हुने खतरा त उत्पन्न भएको छै्रन भन्नेतर्फ विभिन्न विषयका बेत्ताहरुले अध्ययन गर्न थालिसकेको हुनु पर्दछ । यो बेग्लै छलफलको विषय हो ।

स्थानीय निर्वाचनमा देखिएको विचित्र गठबन्धनको गलफत्तीले र वाम दलको विश्रृंखलताले फगत कांग्रेसलाई बलियो बनाउने एकमात्र उद्धेश्य पूरा गरेको तथ्य कुनै कोणबाट पनि खण्डन हुनसक्दैन । तलतिर कांग्रेस बलियो भइरहँदा माथितिर आगामी राजनीतिक परिदृश्य कस्तो होला भनेर आंकलन शुरु हुनु अस्वभाविक होइन ।