दोहोरी गायिका मधु क्षेत्रीले दोस्रो विबाह गरेपछी विबादै बिबाद रोएरै मागिन् माफी(भिडियो सहित) केही वर्षअघि आएको बहुचर्चित गीत सोचे झैं जिन्दगी रैनछकी गायिका मधु क्षेत्रीको जिन्दगीले नयाँ मोड लिएको छ । उनले विवाह गरेकी छन् । अष्ट्रेलियामा बसोबास गर्ने प्रेमीसँग मधुले कुनै समारोहविना कोर्ट म्यारिज गरेकी थिइन।
यो उनको दोस्रो विवाह हो । पहिलो श्रीमानसँग सम्बन्धविच्छेद भएपछि उनी एकल जीवन बिताउँदै आएकी थिइन् । मधुकी १७ वर्षीया एक छोरी छन् । चाँडै अष्ट्रेलिया गएर श्रीमानसँगै आनन्दको जीवन बिताउने उनको तयारी छ ।
उनको निकै चर्चित गित ‘सोचे झैं जिन्दगी रैनछ’ कोरोना भाईरसको संक्रमणले तीज मनाउन पाइएको थिएन् । सोही समयमा बजारमा ल्याइएको थियो, ‘सोचे झैँ जिन्दगी रैनछ।’ यो गीतको सफलतासंगै चर्चामा आएकी छिन् गायीका मधु क्षेत्री पनि ।
हुन त संघीय राजधानीमा बसेर सांगीतीक क्षेत्रमा जम्नका लागि मधुले संघर्ष गर्न थालेको दशक बढि भईसकेको थियो । तर उनको जीवनमा ‘सोचेझैँ जिन्दगी रैनछ’ बोलको गीन भने टर्निङ प्वाइन्ट नै भयो । उनैले गाएका सो गीतका शब्द उनको जीवनमा पनि मिल्दो थिए । उनी सयौँ पटक लड्दै उठेकी छिन् ।
२०४७ सालमा कैलालीको चौमालामा जन्मिएकी क्षेत्रीको बाल्यकाल भने चौमालामै बित्यो । बाल्यकालदेखि नै ठाडी भाका, डेउडा गीत गाईरहन्थिन् उनी ।गाउँका विभिन्न सांगीतिक कार्यक्रम, प्रतियोगिता र विद्यालय स्तरीय प्रतियोगितामा सहभागी हुन्थिन् उनी । स्थानीय स्तरमा हुने विभिन्न प्रतियोगितामा कहिल्यै दोश्रो नहुने मधुसंग प्रतिष्पर्धा गर्न आट गर्ने कमै थिए ।
केहि समय अगाडी एक अन्तर्वार्तामा मधुले भनेकी थिइन् ‘हो, मैले अब संगीत क्षेत्रलाई छोडेँ । दुई वटा नाउँमा खुट्टा राख्दा डुबिन्छ । यहाँका यादहरु बोकेर विदेश जाँदैछु ।’विदेशिनुअघि अन्तिमपटक आफ्नो श्रीमान र परिवारसहित राखेर अन्तिम गीत गाउने इच्छा उनले व्यक्त गरेकि थिइन् । मलाई लोकसंगीतले धेरै चिज दिएको छ । दोहोरी क्षेत्रमा लागेर नै छोरीलाई १७ वर्षकी बनाएँ ।