पठाओका मालिक सम्पर्कविहिन, पठाओ अब नेपालमा बन्द हुन्छ ?

Spread the love

पठाओबाट दुर्घटना हुनेको संख्या दिनानुदिन उकालो लागेपछि गृह मन्त्रालय र सम्बद्ध बिभागहरुमो पठाओलाई बन्द गर्नुपर्ने मागसहितउजुरी परेको छ । पठाओका मालिक भने मोबाईल अफ गरेर सम्पर्कविहनि भएका छन् ।

पठाओबाट दैनिक दुर्घटना किन भइरहेको छ भनेर समिति बनाएर काम अघि बढेको छ । पठाओले निम्त्याएको दुर्घटनाका कारण अपत्यारिलो संख्यामा उजुरी परेपछि पठाओ बन्द हुने दिशामा अघि बढेको हो ।

पठाओ राईडरले लापरवाही गर्ने, नशालु पदार्थ सहित सवारी चलाउने गरेकाले पनि दिनहु दुर्घटना हुने मानिसको चार्ट उकालो लागेको छ । ईन्ड्राईभ नामक एपले सम्पूर्ण प्रक्रिया नै जाचेर मात्रै आफुहरु नयाँ शिराबाट अघि बढ्ने बताएपछि इन्ड्राईभलाई मात्र बैधता दिनेगरी आफुहरु अघि बढेको एक मन्त्रीले नाम नबताउनेशर्तमा जानकारी दिए । पठाओको मालिकको नम्बरमा भने सम्पर्क गर्न खोज्दा सम्पर्क भइरहेको छैन्।

कलाकार संन्ध्या खड्का सडक दुर्घटनामा परेकी छन् । टेलिसियल ‘नारी’ अभिनय गरेर फर्किदै गर्दा उनी सवार पठाओ मोटरसाइकल बबरमहल स्थित मुख्य सडकमा कारसँग ठोकिदा दुर्घटनामा परेको हो । दुघर्टनाको कारण उनको टाउको र शरिरका बिभिन्न भागमा चोट लागेको छ ।

खड्काको अहिले सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार भइरहेको कलाकार उत्तम केसीले बताए । ‘खड्का अहिले खतरा मुक्त त रहेकी छन्,’ केसीले भने, ‘टाउकोमा पश्चिस टाका लगाइएको छ ।

शरिरका अन्य बिभिन्न भागमा चोट छन् ।’ डाक्टरले खड्का खतारा मुक्त रहेको बताएपनि केही दिन अझै अस्पताल रहने केसीले सुनाए । पठाओ राईडर फरार रहेका छन् । यसको सोझो प्रश्न पठाओमाथी तेर्सिएपछि पठाओका मालिक पनि सम्पर्कबाहिर रहेको स्रोतको दाबी छ । यसरी पठाओका कारण दुर्घटना हुनेको संख्या इन्ड्राईभको तुलनामा १० गुणा बढी हुन गएकाले पनि पठाओको अस्तित्व संकटमा फसेको हो । उजुरी पर्नेको संख्या तारन्तार बढीरहेको छ ।