पुष्पालाई म’र्न बाध्य बनाएको अभियोगमा जेल चलान भए सुधन, घरपरिवारबाटै करणी भएको खुलेपछि विवाह गर्न अस्वीकार

Spread the love

आफ्नो शरीरमा पे.ट्रो.ल ख.नाएर आ.त्म.दा.ह गरेकी पुष्पा न्यौपानेलाई आ.त्म.ह.त्या गर्न बा.ध्य बनाएको अभियोगमा सुधन सङ्ग्रौला पुर्पक्षका लागि कारागार पुगेका छन्।

मङ्सिर १८ गते काठमाडौँको धुम्बाराहीमा उनले आ.त्म.ह.त्या गरेकी थिइन्। जिल्ला अदालत काठमाडौँले थुनछेकको बहसमा उनलाई तत्काल संलग्न नभएको भन्न सक्ने अवस्था नभएको भन्दै मुद्दाको अन्तिम किनारा नलागेसम्म कारागारमा राख्न आदेश दिएको हो।

बिहीबार आएको आदेशपछि उनी पुर्पक्षका लागि कारागार चलान भएका छन्। प्रेम सम्बन्धमा रहेका यी दुवै विवाह गर्न राजी भएर इन्गेजमेन्ट समेत भएको थियो। पछि सुधनले इन्गेजमेन्ट तोडेका थिए। इन्गेजमेन्ट तोडिएको दोस्रो दिन सुधनको घर अगाडि पुष्पाले सुधनको घर अगाडि पेट्रोल खन्याएर आ.त्म.ह.त्या गरेकी थिइन्।

सुधनको घर अगाडि नै आ.त्म.ह.त्या गर्नुले उनलाई आ.त्म.ह.त्या गर्न बाध्य पार्ने काम सङ्ग्रौला परिवारले नै गराएको र करिब पाँच घण्टा उनीहरूको घर अगाडि बसेको, ढोका ढकढक्याएर भेट्न खोज्दा समेत नभेटी आ.त्म.ह.त्या गर्न बाध्य बनाएको भन्ने तर्कको आधारमा उनलाई पुर्पक्षका पठाएको देखिन्छ।

सुधनले प्रहरी बयानमा अन्य केटासँगको सम्बन्धबारे भनेका कारण आफूले जनै सुपारी फिर्ता गरेको बताएका थिए। सङ्ग्रौलाले बयानमा भनेका छन्,‘पुष्पाले पूर्व प्रेमीलाई भेट्छु भनिन्। उनको मोबाइलको कभरमा पनि पूर्व प्रेमीको फोटो थियो।’

पुष्पाले धेरै केटासँग शा.री.रि.क स.म्प.र्क गरेको र पुष्पा परिवारकै मान्छेले समेत ब.ला.त्का.र गरेको खुलेपछि आफूहरूले यस्तो कुरा सुन्न नसकेर छाडेको उनले दाबी गरेका थिए।

उनको बारेमा सोध्दा केटाहरूसँग हिँडे घुमेको र शारीरिक सम्पर्क समेत राखेको बताएकी थिइन्। कुराकानी कै क्रममा तेस्रो पल्ट एक दिन म्यासेन्जरमा तपाईँलाई म एउटा आफ्नो अतीतको कुराबारे भन्छु तर तपाईँले यो कुरा अरूलाई नभन्नु भनिन्।

मैले कसैलाई भन्दिन भनी वाचा गरे। त्यसपछि उनले ‘हुन त मैले तपाईँलाई यो कुराको बारेमा जानकारी गराएमा तपाई मलाई मन पराउनु हुन्न होला । तपाईँलाई मप्रति घिन लाग्छ होला’ भनिन।

मेलै मलाई विश्वास गर्नु भनेपछि उनले ‘मेरो अतीत कालो छ, कसैले मलाई बलपूर्वक आजभन्दा केही वर्ष पहिले करणी भएको थियो र मैले सो कुरा परिवारका सदस्यहरूलाई समेत बताएकी थिएँ’ भनिन्।

उनले त्यो बेलामा कुनै सुनुवाइ नै नभएको, पारिवारिक रूपमा नै यौ.न हिं.सा.मा परेको र अहिले पनि घर परिवारको मान्छेहरूबाट अपहेलित भई राखेको बताइन्।उनले’तपाईँले मलाई छोडे पनि छोड्नु. तपाई जस्तो केटालाई मैले कुराहरू लुकाएर राख्न नसकेकी हुँदा बताएकी हुँ। म विगतमा नै आत्महत्या गर्न खोजेकी थिएँ’ समेत भनिन्।

जब आफूले पैसा कमाउन थालेको अनि तपाईँसँग समेत नजिक भएपछि मात्र मेरो परिवारले मलाई माया गर्न थालेका हुन भनेकी थिइन्।पुष्पाले अन्य केटाहरूसँग समेत शा.री.रिक स.म्ब.न्ध भएको भनी म्यासेन्जरमा लेखेर पठाउने गरेकाले पटक पटक गर्ने गरेका यस्तै कुराहरूले असह्य पीडा भएर परिवारका सदस्यलाई जानकारी गराएँ।

विश्वास गरेर विवाह गर्ने तयारी गरेकी केटीले विवाह गर्नु अगाडि नै यस्तो खालको कुरा गर्न थालेपछि पुष्पासँग फोन तथा सामाजिक सञ्जालमा बोलचाल बन्द गरेँ। बोलचाल बन्द गरेपछि र फोन नउठाएपछि उनले मेरो दाइ मधुलाई फोन गरेर सुधन मसँग बोल्दैन, मलाई तनाव भएको छ, उस्तै परे केल्मीको अफिसको बार्दलीबाट सडकमा हामफाली आ.त्म.ह.त्या गरिदिऊँ की झैँ लागेको छ’ भनेकी रहिछिन्।

उनले मैले दशा लागेर तपाईँसँग गर्न नहुने कुरा गरे माफ गरी दिनु भनेर पटक-पटक आत्मालोचना गरेको जस्तो गर्न थालिन। मलाई एकोहोरो रूपमा म्यासेजहरू पठाउने र मैले के कुन मुडमा सो कुरा गरे मलाई माफ गरी देऊ भनी पटक पटक म्यासेज गर्न थालिन।

ढाँट्ने अनि कुरा लुकाएर बोल्ने गरेको महसुस हुन थालेपछि २ महिना पहिलेदेखि उनीसँग सम्बन्ध राख्न छोडेको थिए। एक दिन मलाइ घरमा नै आएर भेटी एक चोटिको लागी माफी देऊ भनिन्। मलाई सम्बन्ध अगाडी बढाउन इच्छा नै नभएकोले वास्ता गरिन। उनले आ.त्म.ह.त्या गर्छु भनी धम्की दिन थालिन। मैले पुष्पाले मेरो चित्त दुख्ने दुईचार कुरा गरेकी छिन् जुन कुरा म सहन नसक्ने भएको छु भनेर उनको घर परिवारलाई जानकारी गराएँ।

सम्बन्ध बिग्रिएको हुँदा घर परिवारका मानिसहरूले मिल्नु पर्‍यो भनी सम्झाउने कोसिस गरेका थिए। एक दिन मैले पुष्पाको आमालाई समेत आफू पारिवारिक रूपमा समेत यौ.न हिं.सा.मा परेकी भनेकी छिन्। यस्ता कुराहरूले गर्दा म उपरान्त मेलमिलापमा जान सक्दिन भने।

यो सम्बन्ध अगाडी नबढाउने भनेर पुष्पाको परिवारलाई दिएको जनै सुपारी फिर्ता ल्याउने निधो गर्‍यो । हामीहरूले दिएको जनै सुपारी फिर्ता दिनु भनेर पुष्पाको बुवा काकालाई जानकारी गराउँदा पुष्पाले बुवाले एकचोटी बोलाउन खोजेको छ भनिन्। मैले सम्बन्ध बिग्रिएपछि पुष्पाको बुवालाई भेट्दा छोरीलाई राम्रोसँग केयर गर्न सकिन, त्यो आफ्नै पाराकी छे, मैले सानै देखी होस्टेल राखेको थिए, सक्नु हुन्छ भने मिलेर अगाडी बढौँ, तपाईँलाई मैले जबरजस्ती गरेको नठान्नु, होइन भने जनै सुपारी फिर्ता लिन आउनु भन्ने कुरा गर्नुभयो।

मेरो घर परिवारलाई सम्बन्ध अगाडी नबढाउने अन्तिम निर्णय सुनाएर २०७५ मङ्सिर १७ मा मेरो बुवा, आमा, दाजु र म समेत जनै सुपारी लिन पुष्पाको घरमा गयौँ । दुवै परिवारका सदस्यबिच वार्तालाप भयो। पुष्पाले मलाई अन्तिम पटक एक्लै भेटेर ‘मेरो कारण तपाईँलाई तनाव भयो होला मलाई माफ गर्नु’ भनी अङ्गालो हाली छुट्टिइन। त्यसपछि पहिले दिएको जनै सुपारी (विभिन्न गरगहना तथा लुगा कपडाहरू) फिर्ता लिएर आफ्नो घरमा आयौँ ।

त्यसपछि पुष्पाले हामी सबै घर परिवारका सदस्यहरूलाई फेसबुक तथा अन्य सामाजिक सञ्जालहरूमा समेत ब्लक गरिन्। म सम्बन्ध बिर्सिँदै गएको थिए। मङ्सिर १८ गते दिउँसो म घरकै काम गरी बसेको थिए। बेलुका अन्दाजी साढे पाँच बजे बुवा न्यूरोडमा जानु भएकाले बुवालाई लिन गएँ। दाइ मधु र म सङ्कटा र महाकाल मन्दिर दर्शन गर्न ६ बजे घरबाट निस्किए।

करिब साढे सात बजेको समयमा जेठो दाइ निकेश सङ्ग्रौलाले फोन गरेर पुष्पाले घरको गेट नजिकै आफैले आगो लगाई घाइते भएर अस्पताल लगेको बताए। म आमालाई लिएर हेम्स अस्पताल गए।

बुवा र मधु टिचिङ अस्पताल गए। सामान्य उपचार पश्चात् म घर फर्किएपछि प्रहरीले कार्यालयमा बोलायो। पुष्पालाई आ.त्म.ह.त्या गर्न कुनै किसिमले प्रेरित गरेको छैन। मसँगको सामीप्यता छुट्दाको पीडा बोधको कारण र निजलाई आफ्नै विगतका कुराहरूको कारण मेरै घरको गेटमा आएर घटना घटाएकी हुन सक्छिन्।